site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सार्कमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार पुग्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकहरुमा कोरोनाभाइरसबाट एक लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । 

दक्षिण एसियाका यी आठ देशमा हालसम्म कोरोना सङ्क्रमित सङ्ख्या एक लाख सात हजार ४८४ पुगेको छ भने दुई हजार ९४९ जनाको मृत्यु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण एशियाली मुलुकमध्ये भारतमा सबैभन्दा बढी सङ्क्रमित रहेका छन् । शनिबारसम्ममा भारतमा ५९ हजार ८८१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने एक हजार ९९० जनाको मृत्यु भइसकेको छ । भारतमा १७ हजार ९५६ सङ्क्रमित व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् । 

त्यस्तै पाकिस्तानमा २७ हजार ४७४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने ६१८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । पाकिस्तानमा सात हजार ७५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् । 

Global Ime bank

अर्को बढी प्रभावित एशियाली मुलुक बङ्गलादेशमा शनिबारसम्म कोरोना भाइरसबाट १३ हजार ७७० जना सङ्क्रमित बनेका छन् भने २१४ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा दुई हजार ४१४ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

लामो समयदेखि द्वन्द्वको कारण प्रभावित अफगानिस्तानमा चार हजार ३३ जना यस भाइरसकाकारण सङ्क्रमित भेटिएको छ भने यहाँ ११५ जनाकोे विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१० का कारण मृत्यु भएको छ । अफगानिस्तानमा सङ्क्रमितमध्ये ५०२ जना निको भई घर फर्किएका छन् ।

यस्तै श्रीलंकामा ८४४ जना सङ्क्रमित रहेका छन् भने ९ जनाको मृत्यु भएको छ । माल्दिभ्समा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमति हुनेहरुको सङ्ख्या ७६६ पुगेको छ भने तीन जनाको मृत्यु भएको छ । यहाँ २६० सङ्क्रमित निको भई घर फर्किएका छन् । यसैगरी नेपालमा हालसम्म १०९ जना र भुटानमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँ कोभिड–१९ का कारण अहिलेसम्म मृत्यु भएको छैन । 

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट हालसम्म ४० लाख ४४ हजार ८० भन्दा बढी मानिसहरु सङ्क्रमति बनेका छन् भने दुई लाख ७७ हजारभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC