site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनले सगरमाथाको उचाई नाप्ने, 'सर्भे र म्यापिङ' लागि ५३ सदस्यीय टोली पठाउँदै 
Ghorahi CementGhorahi Cement

बेइजिङ । विश्‍वकै अग्लो शिखर सगरमाथाको उचाई सर्भे र म्यापिङका लागि चीनले ५२ सदस्यीय सर्भेयरको टोली सगरमाथाको चुचुरोमा पठाउने भएको छ । लामो समयदेखिको सगरमाथको उचाईसम्बन्धी विवादलाई अन्त्य गर्न चीनले सगरमाथाको चीनतर्फको बेसक्याम्पमा २ मार्चदेखि प्राविधिक तयारी थालेको हो । 

चीनले सगरमाथाको उचाईको निर्क्यौल गर्नका लागि बेइडोउ नेभिगेस स्याटेलाइट प्रणाली र चिनियाँ सर्भे उपकरणहरुको प्रयोग गरिने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । 

Agni Group

नेपालमा सगरमाथा भनिएको र तिब्बतमा कोमोलोङ्‌मा भनिएको यो हिमान चीन र नेपालको सीमा क्षेत्रमा पर्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार नेपाल र चीनबीच सगरमाथाको उचाई चट्टान भएसम्मको भागलाई मान्‍ने अथवा हिउँको चुचुरोलाई मान्‍ने भन्‍ने विषयमा विवाद छ । 

सन् २००५ मा चिनियाँ आरोहीहरुले सगरमाथाको उचाई चट्टान भएसम्मको भाग र हिउँको चुचुरो भएको भाग नापेका थिए । जसअनुसार सगरमाथाको चट्टान भएसम्मको उचाई आठ हजार ८४४ मिठर रहेको चीनले घोषणा गरेको थियो । यसलाई नै सगरमाथाको वास्तविक र उपयुक्त उचाई मानिँदै आएको छ । 

Global Ime bank

विश्वभर यही उचाईलाई मानिदै आएको भए पनि भूगर्भविद्‌हरुले भने सन् २०१५ मा नेपालमा आएको ८ दशमलव १ म्याग्‍निच्युडको भूकम्पले उचाई घटेको दाबी गर्दै आएका छन् । हावाको गतिमा हुने परिवर्तनले पनि यसलाई असर पारेको हुनसक्‍ने विश्वास गरिएको छ । 

सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको वास्तविक उचाईका लागि दुई मुलुकले संयुक्त वैज्ञानिक अनुसन्धान प्रोजेक्ट अघि बढाउने सहमति भएको थियो । 

सर्भेको नतिजालाई जियोडाइनामिक अनुसन्धान र शिखरको हिउँको चुचुरोको यथार्थ उचाईको रुपमा र मौसमसम्बन्धी र हावाको गतिको तथ्यांक पत्ता लगाउन प्रयोग गरिनेसमेत बताइएको छ । 

चाइना मोबाइलले बिहीबार पूर्ण शिखरमा ५ जी कभरेज भएको दाबी गरेको थियो । हुवावेको संयुक्त परियोजनाअन्तर्गत सगरमाथाको ६ हजार ५०० मिटरको उचाईमा रहेको एडभान्स बेसक्याम्पमा ५ जी एन्टेना राखिएको थियो । त्यसैगरी अप्रिलमा तल्ला बेसक्याम्पहरु अर्थात ५ हजार ८०० र ५ हजार ३०० मिटरको उचाईमा पनि ५ जी एन्टेनाहरु राखिएको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  ०५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC