site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युवा समूहले जलायो नेपाल-भारत सीमामा भारतीय प्रधानमन्त्री मोदीको तस्बिर
Ghorahi CementGhorahi Cement

विराटनगर । लिपुलेक तिब्बत जोड्ने सडक निर्माण गरेको विरोधमा युवाले विराटनगरको भारतीय सीमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर जलाएका छन् ।

स्वतन्त्र युवा समूहको नाममा सीमावर्ती इलाका जोगबनी नजिकै पुगेर युवाले भारतीय कदमको विरोध गरेका हुन । युवाले भारतीय नेपाली भूमिमा अतिक्रमण नरोकेको र भारतीय सेनासमेत राखिरहेको भन्दै नाराबाजी गरेका थिए । शनिबार समूहलमा भेला भई रानी भन्सार २ नम्बर ढाट नजिकै पुगेका युवाले प्रधानमन्त्री मोदीको तस्वीरसमेत जलाए । 

Agni Group

स्वतन्त्र युवा समूहका अध्यक्ष हमिद आजादको नेतृत्वमा शनिबार भएको विरोध कार्यक्रममा राप्रपाका मुस्लिम नेता समेत सहभागी थिए ।

कैलाश मानसरोवर पुग्ने गरी उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंकरोडको भारतले शुक्रबार उद्घाटन गरेको हो । समूहका अध्यक्ष हमिदले भारतीय कदम सहन नसकिने बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC