site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मानव सेवा आश्रमलाई सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । सांसद एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसी र धर्मपत्नी प्रेमकुमारी केसीले मानव सेवा आश्रम पोखरालाई रु एक लाख ५० हजार नगद सहयोग गरेका छन् ।  

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणसँगै बन्दाबन्दी जारी रहेका अवस्थामा समाजसेवी एवं उद्योगपतिसमेत रहेका केसीले आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनालाई आज उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।  

उनले यसअघि पनि आश्रमलाई रु तीन लाख सहयोग गर्नुभएको थियो । मानसिक सन्तुलन गुमाएका, सडक पेटीमा बस्ने, परिवारबाट अपहेलित तथा असहायका निम्ति आश्रयस्थल बन्दै आएको मानव सेवा आश्रमले छोरेपाटनमा दुई वर्षअघि शाखा सञ्चालन गरेको हो । आश्रमले हालै हेम्जामा पनि शाखा सञ्चालन गरेको छ । दुवै शाखामा १११ जना आश्रित छन् । 
    
आश्रम सञ्चालनपछि पोखरा क्षेत्रका ३०० जनालाई सडकबाट उद्धार गरिएकामा तीमध्ये १२५ जनालाई पारिवारिक पुनर्मिलन गराइएको आश्रमका प्रदेश संयोजक तिमिल्सिनाले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC