site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१०९ कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएका १०९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेका छन् । शनिबारसम्म संक्रमितको संख्या १०९ पुग्दा प्रदेश नम्बर १ मा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रदेश नम्बर २ मा ३१ र प्रदेश नम्बर ५ मा ३० जनामा संक्रमण देखिएको छ । बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन कार्य सरकारले तिव्र पारेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७४१ वटा परीक्षण भएका छन् । अहिलेसम्म पीसीआर विधिबाट १६ हजार ३०९ र आरडीटी विधिबाट ५५ हजार ९३० जनाको कोरोना परीक्षण भएको छ ।

Global Ime bank

प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८९० र बागमती प्रदेशमा मा ९ हजार १०५ जनाको आरडीटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ६ हजार ३७७, प्रदेश नम्बर ५ मा ६ हजार ६३८, कर्णाली प्रदेशमा ६ हजार १७४ र सूदुरपश्चिममा १४ हजार ६९१ आरडस्टी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । अहिले देशभरी विभिन्न अस्पतालमा आइसोलेसनमा १४३ जना उपचाररत रहेका छन् । उपत्यकामा २ र बाहिर १४१ जना संकास्पद विरामी उपचाररत रहेको उनले बताए । देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC