site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कपिलवस्तुमा चिकित्सक टोली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जीतपुर । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । मायादेवी र शुद्धोधन गाउँपालिकाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो ।  मायादेवीले निर्माण गरेको क्वारेन्टिनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो । 

मायादेवी– २ अभिराव र –८ बिजुवाका १८ वर्षीय दुई  तथा शुद्धोधन– ६ कर्माका १७ वर्षीय एक युवामा कोरोना संक्रमण देखिएको हो । यसअघि मायादेवी र शुद्धोधनका दुई युवकमा संक्रमण देखिएको थियो ।  संक्रमित तीनै जना मुम्बईको फरकफरक कम्पनीमा काम गर्दै आएका थिए । फरक ठाउँमा काम गर्ने भए पनि नेपाल फर्किदा सँगै आएका थिए । समूहमा कोको थिए भन्ने कुरा अझै खुलेको छैन ।

शुद्धोधनका युवा सीधै भारतबाट मायादेवीको क्वारेन्टिनमा आएर बसेको वडाध्यक्ष विजयबहादुर यादवले बताए । ती युवकसँगै मायादेवी –ं ८ विजुवाका अर्का युवकसँगै आएको बताइएको छ । ती युवक घरमा परिवारसँग बसेर खाना खाएर क्वारेन्टिनमा गएको वडा नं ८ का वडाध्यक्ष कृष्णनारायण तिवारीले बताए । 
 
अहिले परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा लैजाने र थप जानकारी लिने कार्य भइरहेको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीले  बताए । तीनै जनाको स्वास्थ्यावस्था सामान्य रहेको मायादेवीका स्वास्थ्य संयोजक महेन्द्र यादवले जानकारी दिए । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङलगायत  पत्ता लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा यदुचन्द्र घिमिरेको नेतृत्वमा चार सदस्यीय टोली कपिलवस्तु पुगेको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC