site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पिथौरागढबाट हिडेर जुम्ला 
Ghorahi CementGhorahi Cement

जुम्ला । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि  भारतको पिथौरागढबाट पैदलयात्रा गरी १२ जना जुम्ला आइपुगेका छन् ।

 हप्ता दिनको पैदलयात्रापछि हिमा गाउँपालिका–२ ओदीगाउँका ती स्थानीय यहाँ आइपुगेका हुन् । रोजगारीका लागि उनीहरु तीन महिनाअघि पिथौँरागढ गएका थिए । हप्ता दिनको पैदलयात्रा गरेर यसै साता यहाँ पुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए । 
 
उनका अनुसार ती युवा भारतको पिथौँरागढ हुँदै दार्चुलाको झुलाघाट नाका भएर यहाँ आएको थिए ।  उनीहरु सीमापारि २१ दिन क्वारेन्टाइनमा बसेर फर्केका हुन् । उनीहरुलाई अहिले गाउँपालिका–२ ओदीगाउँको विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । 

Agni Group

वडाध्यक्ष नैनसिंह रोकायका अनुसार भारतबाट आएको थाहा पाउनासाथ परिवारसँग घुलमिल नहुँदै उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइन बसेको २१ दिन पुगेपछि पुन कोरोना परीक्षण गरेर मात्रै घर पठाउने तयारी गरिएको छ । बाहिरबाट आएका नागरिकलाई गाउँपालिकाले गाँसबासको व्यवस्थान गरी क्वारेन्टाइनमा राखेको छ ।
 
लकडाउन अवधिमा यहाँ १० हजार ७६५ भित्रिएका छन् । ५२१ श्ययाको क्वारेन्टाइनमा २३० जना बसेका छन् भने ८८० जना १४ दिनपछि घर फर्केको शुक्रबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ५१६ होम क्वारेन्टाइनमा बसेका छन् । 

शुक्रबारसम्म ३७३ को पिसीआर र २५४ जनाको आरडिटी परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ रहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC