site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
नेपालगञ्जमा एकैदिन हजार स्वाब सङ्कलन हुँदै
Sarbottam CementSarbottam Cement

नेपालगञ्ज । नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ ।  स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षणमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाउन दुई हजार टेष्ट किट र एक हजार भिटिएम पठाएको छ । एउटै वडामा २३ र नजीकको अर्को वडामा एका संक्रमित देखिएपछि सरकारले नेपालगञ्जमा परीक्षणको दायरा बढाउन निर्देशन दिएको छ नेपालगञ्जमा २४ जनामा कोरोना देखिएपछि धेरैभन्दा धेरै जनाको परीक्षण गर्न जनस्तरबाट माग बढेको  छ । पर्याप्त टेष्ट किट र भिटिएम आएकाले एकान्तबास, मन्दिर र मस्जिद तथा सङ्क्रमितको सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्ने तयारी भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भेरी अस्पताल, नेपालगञ्जमा दिनमा सय जनासम्मको परीक्षण हुने बताइएको छ । आज एकै दिन हजार जनाको स्वाब सङ्कलन भएमा काठमाडौंँ लैजानका लागि नेपाली सेनाको जहाज नेपालगञ्जमै राखिएको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले बाँकेमा सरकारले उच्च प्राथमिकताका साथ आवश्यक उपकरण पठाएकाले स्वाब सङ्कलन तथा परीक्षणमा कुनै अवरोध नहुने बताउँदै आज ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गर्ने तयारी भएको जानकारी दिए ।  

 स्वास्थ्यकर्मीलाई सम्मान
नेपालगञ्जका कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई नागरिकस्तरबाट सम्मान गरिएको छ । खजुरास्थित कोरोना बिशेष आइसोलेशन अस्पतालमा एक हप्ता कार्यरत रही सेल्फ क्वारेन्टाइनका लागि फर्किएका स्वास्थ्यकर्मीलाई नेपालगञ्जमा फूलमालाले स्वागत गरिनाका साथै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
 
एकहप्तासम्म सङ्क्रमित बिरामीको सेवामा रहेर नेपालगञ्जस्थित सेल्फ क्वारेन्टाइनका लागि होटलमा फर्किएका स्वास्थ्यकर्मीको मनोबल बढाउन स्वागत तथा सम्मान गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार आइसोलेशनमा एक हप्ता कार्यरत  स्वास्थ्यकर्मीलाई चौध दिनका लागि सुविधासम्पन्न होटलमा सेल्फ क्वारेन्टाइनमा राखिँदै आएको छ । त्यसरी क्वारेन्टाइनमा बसेपछि स्वास्थ्यकर्मी फेरि काममा फर्किने गरेका छन् । उनीहरुको आवास तथा भोजनको व्यवस्थापनमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले संस्थागत रुपमा सहयोग गर्दै आएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC