site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

शासकहरूको नालायकीले गर्दा नेपालीहरू संसारभर हेपिँदै गएका छन् । त्यसमा पनि निकट छिमेकीहरूको हेपाइ अलि बढी नै भइसकेको छ । भारतले अनौपचारिकरूपमा कब्जा गरिराखेको नेपाली भूमिमा सडक बनाएर हालै उद्घाटन गरेको छ । काठमाडौंमै शुक्रवार चिनियाँहरूले निषेधित क्षेत्रमा प्रदर्शन गर्दा रोक्न गएका प्रहरीमाथि आक्रमण गर्ने आँट गरेका छन् । केही दिन पहिले भारतबाट नेपाल प्रवेश गर्न रोकेकोमा सीमामा सशस्त्र प्रहरीमाथि भारतीयहरूले आक्रमण गरेको समाचार आएको थियो । नेपाल सरकार भने चीन र भारतसँग सधैँभन्दा राम्रो सम्बन्ध भएको गफ हाँकेर बसेको छ । अर्कातिर, छिमेकीहरूको हेपाइ झन् झन् बढ्दो छ । छिमेकीको हेपाइ बढ्दै गएसँगै बाँकी विश्वबाट नेपाल बिस्तारै अलग्गिँदै गएको छ । लोकतान्त्रिक मूल्यमान्यताप्रतिको द्वेषका कारण पश्चिमी मुलुकहरूसँग टाढिने शासकहरूको मूर्खताले नेपाललाई अन्धकार युगतर्फ धकेल्दै लगेको देखिएको छ । 

भारत र चीनसँग निकट हुने क्रममा पश्चिमसँगको सम्बन्ध पनि बिग्रँदै गएको छ । आफ्नो स्वार्थ मिल्नेबित्तिकै हाम्रा ‘महान्’ छिमेकीहरू नेपालको सामान्य हित हैन सार्वभौमसत्ताकै अपमान गर्न हिचकिचाउँदैनन् भन्ने पुष्टि त नेपाल भूकम्पका कारण थिलथिलो भएकै बेला २०७२ सालको जेठमा नेपाली भूमि लिपुलेकलाई भारत र चीनले दुई देशको व्यापार नाका बनाउने सम्झौता गरेबाट भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भारत र चीनले नेपालको सार्वभौम सत्ताको अपमान गरेकोमा विरोध जनाएर पत्र पनि पठाएका थिए । तर, त्यसपछिका सरकारहरू यस प्रकरणमा मौन रहेपछि भारतले त्यही भूभागसमेतलाई आफ्नो देशभित्र देखाएर नक्सा सार्वजनिक गर्‍यो । यसको नेपालभित्र जनस्तरमा चर्को विरोध भयो तर सरकार आलटालमै रमायो । अहिले चीनको नाका जोड्ने सडक यहीँबाट बनाउने आँट त्यही आलटालले दिएको हो । चीन र भारतबीचको २०७२ कै सम्झौता कार्यान्वयनजस्तो देखिने सडक निर्माण हुँदासम्म नेपाल सरकार मौन बस्नु रहस्यमय नालायकी हो ।

सत्तारुढ दलका नेताले चीनप्रति देखाउने ‘भक्तिभाव’ बिस्तारै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक मामिलामा मध्यस्थतामा पुगेको छ । हालै नेकपामा देखिएको चर्को रडाको एकाएक मत्थर हुनुमा चिनियाँ राजदूतको सक्रिय मध्यस्थता मुख्य कारण रहेको नेपाली जनताले राम्रै बुझेका छन् । सार्वजनिक भएका विवरणअनुसार सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न नपाएको झोँकमा प्रहरीमाथि आक्रमण गने चिनियाँहरू घटनाको केही क्षणअघि चिनियाँ दूतावासमा परामर्श गर्न पुगेका थिए । हुनत, घटनापछि चिनियाँ दूतावासले प्रेस नोट जारी गरेर स्पष्टीकरण दिएको छ तर सरकारविरुद्ध प्रदर्शन गरे श्रम शिविरमा जानुपर्ने राज्यका नागरिकले कसैको आड नपाई विदेशमा प्रहरीमाथि आक्रमण गर्ने आँट पक्कै गरेनन् भन्ने बुझ्न धेरै माथापच्ची गर्नु पर्दैन । संसार बहुध्रुवीय हुँदै जाँदा नेपाल छिमेकीको मात्र भर परेका खण्डमा लोकतन्त्र र राष्ट्रियता जोगाउन सकिँदैन । सरकारले छुद्रता प्रकट गर्न छाडेर जनतालाई विश्वासमा लिने र सार्वभौम सत्ताका विषयमा उदासीन नहुने हो भनेमात्र नेपालको पुरानो साख फर्कने देखिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC