site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्थानीयतहको कोरोना कोषमा प्याब्सनको सहयोग
Sarbottam CementSarbottam Cement

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भक्तपुरका विभिन्न समितिले स्थानीय तहलाई खाद्यान्नदेखि नगदसमेत सहयोग गरेका छन् ।
 
प्याब्सन मध्यपुरथिमि नगर कार्यसमितिले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) बाट प्रभावित भएका गरिब, असाहय, विपन्न र मजदुर वर्गलाई दैनिक बिहान, बेलुका निःशुल्क खाना खुवाउँदै आएको मध्यपुरथिमि नगरपालिकालाई खाद्यान्न सहयोग गरिएको छ । समितिले मध्यपुरथिमि नगरपालिकाको कोभिड–१९ विपद् व्यावस्थापन कोषमार्फत वितरण गर्ने गरी रु दुई लाख एक हजार ५०० बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
 
मध्यपुरथिमि नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयहरुको तर्फबाट प्याब्सन मध्यपुरथिमि नगर कार्यसमितिका अध्यक्ष निलेश आचार्यको नेतृत्वमा गएको टोलीले नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई १०० बोरा चामल, १०० किलो दाल र तेल २० कार्टुन हस्तान्तरण गरेका छन् ।  

सो अवसरमा नगरप्रमुख श्रेष्ठले थिमि नगरभित्र रहेका नगदेश, बोडे, पुरानो थिमि, गठ्ठाघरलगायत विभिन्न स्थानका विपन्न परिवारका नौदेखि १० हजार जनालाई १६ दिनदेखि दैनिक दुई छाक खाना खुवाउँदै आएको बताउँदै प्याब्सनको सहयोगले निःशुल्क खाना खुवाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

Prabhu Bank
Agni Group
NIC Asia

प्याब्सन मध्यपुरथिमि अध्यक्ष आचार्यले नगरपालिकाले गरेको उदाहरणीय कार्य र कोरोना नियन्त्रणमा निजी विद्यालयहरुको पनि दायित्ववोध गर्दै नगरपालिकालाई खाद्यान्न सहयोग गरेको बताए । 
 
प्याब्सन भक्तपुर अध्यक्ष चन्द्र अधिकारीले विद्यालय सञ्चालनदेखि विद्यालयको भविष्यका बारेमा समेत चिन्तित बनेको प्याब्सन कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणमा समेत सरकारसँग हातेमालो गर्न अग्रसर रहेको बताए । 

त्यसैगरी प्याब्सन सूर्यविनायक नगरसमितिले सूर्यविनायक नगरपालिकाको कोरोना विपद् कोषमा जम्मा हुनेगरी रु तीन लाख पाँच हजार सहयोग गरेको छ । नगरपालिकाका प्रमुख वासुदेव थापालाई समितिका अध्यक्ष सानुराजा कार्की नेतृत्वमा गएको प्याब्सन भक्तपुरका सल्लाहकार भुवनलाल श्रेष्ठ, समितिका उपाध्यक्ष दिनेश मैनाली, सचिव विनोद काफ्ले, कोषाध्यक्ष भोला चौधरीसहितको टोलीले सो रकम हस्तान्तरण गरेका हुन् । 

Global Ime bank

सूर्यविनायक नगरपालिका क्षेत्रभित्र रहेका ३२ संस्थागत विद्यालयबाट सङ्कलन गरिएको कूल रु चार लाख ७५ हजारमध्ये रु तीन लाख पाँच हजार सूर्यविनायकको कोभिड–१९ विपद् व्यवस्थापन कोषका लागि हस्तान्तरण गरेको कोषाध्यक्ष भोला चौधरीले जानकारी दिए । सङ्कलित रकममध्ये बाँकी रहेको रु ७० हजार प्याब्सन केन्द्रीय कमिटीमार्फत राष्ट्रिय कोरोना विपद् व्यवस्थापन कोषमा जम्मा गरिने उनको भनाइ छ । 

त्यसैगरी चाँगुनारायण प्याब्सन नगर कार्यसमितिले चाँगुनारायण नगरपालिका कोरोना विपद् व्यवस्थापन कोषका लागि रु एक लाख एक हजार सहयोग गरेको छ । समितिका अध्यक्ष राममणि न्यौपाने नेतृत्वसहित पदाधिकारी टोलीले नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
 
सो अवसरमा नगरप्रमुख मिश्रले प्याब्सनको सहयोगले कोष अझै मजबुद भएको बताउँदै नगरपालिकाले अप्ठ्यारोमा परेका नागरिकलाई राहत सामग्रीदेखि दैनिक ज्यालामा कामसमेत दिन थालेको जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC