site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छहारीलाई हिमाली ट्रष्टको सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ७ हात्तीगौँडास्थित छहारी भवनबाट दैनिक वितरण हुँदै आएको निःशुल्क भोजन अभियानलाई हिमाली ट्रष्टले सहयोग गरेको छ ।

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा समस्यामा परेका मजदुर तथा विपन्न वर्गलाई सो भवनबाट निः शुल्क भोजनको व्यवस्था मिलाइएको छ । 
 
उक्त ट्रष्टले ७४ बोरा चामल सहयोग गरेको छहारी संस्थाको अध्यक्ष लिली थापाले जानकारी दिइन् ।  उनका अनुसार निःशुक भोजन अभियान शुरु भएको २३औँ दिनसम्म २५ हजार विपन्न नागरिकलाई भोजन उपलब्ध गराइसकेको छ । यो अभियानलाई लकडाउन अवधिभर जारी राख्ने बताइएको छ ।  

ट्रष्टले विभिन्न संस्था तथा व्यक्तिलाई वितरण गरेको सामग्री खाद्य तथा स्वास्थ्य रहेको छ । यस्तै कोेषले आर्यघाटमा रहेर शव व्यवस्थापनमा खटिएका कर्मचारीलाई पिपिइ, मास्क र स्यानिटाइजर वितरण गरेको छ ।
 
ट्रष्टले  कालीमाटी फलफूल तथा तरकारी बजार, नक्साल, चावहिल, जोरपाटी, कोटेश्वरमा रहेको व्यापारीलाई मास्क, पञ्जा, डिसइन्फेक्सन र स्प्रे वितरण गरेको थियो । यसैगरी पशुपति क्षेत्र विकास कोषलाई २० बोरा चामल, ४०० केजी दाल र एकल महिलाका लागि काम गर्दै आएको छहारी संस्थालाई ७४ बोरा चामल वितरण गरेको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC