site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शहीदोद्यान निर्माण शुरु
Sarbottam CementSarbottam Cement

रुकुम (पूर्व) ।  रुकुम (पूर्व) को सिस्ने गाउँपालिका – २ को नेटामा शहीद उद्यान निर्माण शुरु गरिएको छ । शहीदका सम्झनामा सांसद विकास कोषको रु ५० लाख बजेटबाट उक्त कामको थालनी गरिएको हो । 

जनयुद्धका बेलामा शहादत प्राप्त गर्नेको सम्झना, सम्मान, मौलिक कला र इतिहासको संरक्षणका साथै व्यावसायिक पर्यटन क्षेत्रको विकासका लागि शुक्रबारदेखि उद्यान निर्माण गर्न थालिएको वडाध्यक्ष जीवन केसीले बताए । उद्यानमा वडाका १४ शहीदको शालिक निर्माण गरिने छ । वडाध्यक्ष केसीका अनुसार उद्यान निर्माणका लागि रु नौ लाख बराबरको विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उद्यान निर्माणको काम नसकिएसम्म संसद् विकास कोषबाट क्रमागत रुपमा बजेट आइरहने जनाइएको छ । गत वर्ष सोही ठाउँ नजीकै रु २२ लाखमा गाउँपालिकाको भवन निर्माण गरिएको थियो । 

सो वडा जनयुद्धको समयमा कम्युन बसेको ठाउँ हो । त्यस ठाउँमा अझै पनि कम्युन बसेको घरको भग्नावशेष देख्न सकिन्छ । जनयुद्धका समयमा निर्मित विद्युत् आयोजना पनि अहिलेसम्म सञ्चालनमा छ । उक्त आयोजनाले वडा नम्बर २ को छिपखोला बस्तीलाई उज्यालो बनाएको छ । रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC