site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खरको छानामुक्त अभियान शुरु
Ghorahi CementGhorahi Cement

तानसेन । विपन्न परिवारलाई पाल्पामा खरको छाना मुक्त बनाउने अभियान शुरु भएको छ । खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रमअन्तर्गत सो अभियान शुरु भएको हो । 

हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने र आगोबाट सजिलै जल्न सक्ने र  टिकाउ नहुने हुँदा छानो फेरिराख्न झन्झट भएकाले जस्तापाताको छानो सुरक्षित हुने तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए ।
 
तीन वडालाई गत वर्ष नै खरको छानोमुक्त बनाइसकेको रिब्दीकोट गाउँपालिकाले यस वर्ष  २६० घरपरिवारलाई प्रतिघर तीन बण्डलका दरले जस्तापाता वितरण गरेको छ । बाँकीलाई पनि गाउँपालिकामा खरको छानोमुक्त घोषणा गर्ने अभियान चलाइएको गाउँपालिकाले जनाएको छ । 

Agni Group

गाउँपालिकाका ७५ घरपरिवारलाई प्रतिघर तीन बण्डल जस्तापाताका दरले वितरण गरिएको छ । गाउँपालिकामा गत वर्ष रु १० लाखको वितरण भएको र  यस वर्ष रु ३० लाखको जस्तापाता वितरण गरिने गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।
 
रम्भा गाउँपालिकामा  गाउँपालिकामा रहेका २०२ मध्ये १८ घर भूकम्पबाट प्रभावित भएको र जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुँदै गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । 

रम्भाका पीपलडाँडा, फोक्सिङ्कोट र  हुँगी क्षेत्रमा खरको छाना भएका घर छन् । अहिलेसम्म एकघरलाई २१ पाताको दरले चार हजार २४० जस्तापाता वितरण गरिएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC