site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 चितवनमा गाँजा बरामद गरी फर्किएका प्रहरीमाथि आक्रमण, एक राउन्ड हवाई फायर
Ghorahi CementGhorahi Cement

काठमाडौं । चितवनमा गाँजा बरामद गरी फर्किएको प्रहरी टोलीमाथि शुक्रबार राति आक्रमण भएको छ । आक्रमणका कारण प्रहरीले प्रयोग गरेको बा १२ च २७१ नम्बरको गाडीका सिसा फुट्नुका साथै तीनजना प्रहरी घाइते भएका छन् । 

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको थियो । शुक्रबार दिउँसो प्राप्त गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टाँडी चितवन बाट प्रहरी सहायन निरीक्षक हुसेन काजी राईको कमाण्डमा १० जनाको चितवनको राप्ति नगरपालिका-१२ धनमाग गैरी भन्‍ने क्षेत्रमा लागुऔषध गाँजा लुकाईछिपाई राखेको गाँजा बरामद गरेको थियो । 

Agni Group

उक्त गाँजा बरामद गरेर फर्किने  क्रममा वडा नं ५ स्थित चैकीडाँडामा राति साढे ९ बजे करिब ३०० जनाको भेला भएका थिए । उक्त भेला भएका व्यक्तिहरुले प्रहरीमाथि आक्रमण गरेर गाँजा खोस्ने प्रयास गरेको थियो । 

रेस्क्यूका लागि भण्डाराबाट गएको प्रहरी निरीक्षकको टोलीमाथिसमेत आक्रमण भएकोले स्थितीलाई नियन्त्रणमा लिन एसएलआरबाट एक राउन्ड हवाई फायर गरी चार आक्रमणकारीलाई नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ । ्

Global Ime bank

प्रहरीले ३५ किलो गाँजा बरामद गरेको छ भने चितवन राप्ती नगरपालिका -५ बस्ने २४ वर्षीय रन्जित वाईवा, सुमन वाईवा, संचरास घलान र धन ब. घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरी जवान अवधेस प्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  २३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC