site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना भाइरसबाट रुसमा थप १० हजार संक्रमित 
Sarbottam CementSarbottam Cement

मस्को । रूस विगत २४ घण्टामा १० हजार व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेको छ । 

रूसमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ८७ हजार ८५९ पुगेको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । केन्द्रको तथ्याङ्क अनुसार विगत छ दिन रूसमा सङ्क्रमितको सङ्ख्या निरन्तर १० हजारको हाराहारीमा रहेको बताइएपनि शुक्रबारको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । 

Prabhu Bank
Agni Group
NIC Asia

मुलुकको सबैभन्दा बढी प्रभावित क्षेत्र मस्कोमा गत २४ घण्टामा थप पाँच हजार ८४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै मस्कोमा ९८ हजार ५२२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कोभिड–१९ को प्रकोपका कारण रूसमा मृत्यु हुनेको सङ्ख्या एक हजार ७२३ पुगेको छ । रूसमा बिहीबारपछिका २४ घण्टामा ९८ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । रूसमा अहिलेसम्म सङ्क्रमितमध्ये २६ हजार ६०८ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । 

Global Ime bank

बिहीबारसम्ममा देशभर कूल दुई लाख ९२ हजार ४६९ जनालाई चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको रूसको उपभोक्ता अधिकार र मानव कल्याणकारी संस्थाले शुक्रबार एक विज्ञप्तिमा बताएको छ । 

रूसभर शुक्रबारसम्म ५० लाख व्यक्तिको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको छ भने मस्कोमा कोरोनाभाइरस फैलिनबाट रोक्न नागरिकहरूलाई अतिआवश्यक कामबाहेक घर वा कार्यस्थलबाट बाहिर नजान वा यथास्थानमा रहन बिहीबारसम्मका लागि जारी गरिएको निर्देशन आगामी मे ३१ सम्मका लागि बढाइएको मस्कोका नगरप्रमुख सेर्गेई सोवियानिनले बताएका छन् । 

रूसले आगामी सोमबारदेखि मास्क र पञ्जा लगाएर व्यवसायिक सुविधा लिनदिन र शहरभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सकिने बताएको छ मङ्गलबारदेखि रूसी राजधानी मस्कोमा औद्योगिक तथा निर्माण क्षेत्रलाई पुनः सञ्चालनका लागि अनुमति दिइएको छ । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC