site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भुल्केका थप आठ कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज
Ghorahi CementGhorahi Cement

काठमाडौं । त्रियुगा नगरपालिका–३ भुल्केका २८ जना कोरोना सङ्क्रमित बिरामीमध्ये उपचारपछि आज थप आठ जना कोशी अस्पताल विराटनगरबाट डिस्चार्ज भएका छन् ।

यसरी डिस्चार्ज हुनेमा एकजना भारतीय नागरिकसहित सात जना भुल्केका स्थानीय नागरिक रहेका स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । 

Agni Group

उनीहरुलाई यही वैशाख ८ गतेको स्वाब नमूना परीक्षणपछि कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उपचारका लागि कोशी अस्पताल विराटनगर लगेर उपचारमा राखिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताए ।

उपचारपछि उनीहरुमा पटक–पटक गरिएको स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएका कारण आज अस्पतालले उनिहरुलाई डिस्चार्ज गरेको कोशी अस्पताल विराटनगरलाई उदृढ गर्दै स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीले बताए ।

Global Ime bank

अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई केही दिनका लागि विराटनगरस्थित रानी मस्जिदको क्वारेन्टाइनमा राखिन लगिएको पनि स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 

तीन दिनअघि पनि भुल्केमा सङ्क्रमित बनेका छ जना भारतीय नागरिकलाई कोशी अस्पतालले कोरोना सङ्क्रमण भएर उपचार गराई उपचारपछि रिपोर्ट नेगेटिभ आएका कारण अस्पतालबाट डिस्चार्ज गरेको थियो । अब भुल्केका २८ कोरोना सङ्क्रमितमध्य १४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेकाले बाँकी १४ को भने उपचार भइरहेको बताइएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC