site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विदेशबाट फर्किएका ६० हजार युवालाई कहाँ व्यवस्थापन गर्ने ?
Sarbottam CementSarbottam Cement

पोखरा । कोरोना संक्रमणसँगै गण्डकी प्रदेशमा ६० हजार युवा घर फर्किने अनुमान गरिएको छ । यसरी वैदेशिक रोजगारीमा फर्किने युवाहरुमा खाडी मुलुकसँगै जापान, कतारलगायतका देशहरुबाट हुनेछन् । 

लकडाउन खुल्नेवित्तिकै फर्किन इच्छुक युवाहरु घर फर्केपछि उनीहरुको रोजगार व्यवस्थापन कसरी गर्ने र उत्पादनमा जोड्ने त ? गत आर्थिक वर्षको तथ्यांक हेर्दा गण्डकी प्रदेशमा १ खर्ब ३५ अर्ब बराबरको रेमिट्यान्स भित्रिएको थियो । वैदेशिक रोजगारमा गएका युवाहरुबाट भित्रिएको यो रकम उनीहरुको स्वदेश फिर्तासँगै घट्नेछ । कतिसम्म रेमिट्यान्स घट्ला त भन्ने यकिन गर्न अहिले कठिन छ ।

कोरोनाको विश्वव्यापी प्रभावका कारण वैदेशिक रोजगारमा गएका धेरैको रोजगारीकोे अनिश्चितता पनि उत्तिकै छ, भने धेरैले रोजगारी गुमाइसकेका पनि छन् । रोजगारी नभएपछि स्वदेश फिर्ता हुने ठुलो समूहका युवाहरुको व्यवस्थापनको बारेमा अहिले गण्डकी प्रदेशको नीति तथा योजना आयोग मोडालिटी बनाउनमा व्यस्त छ ।
    
जसमध्ये कृषि क्षेत्र भने पहिलो नम्बरमा छ । तर, विदेशबाट फर्किएर आउने सबैसँग एकै किसिमको दक्षता नहुने हुँदा विभिन्न मेनु बनाएर मोडालिटी बनाउन लागिएको आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा पौडेलले बताए ।
    
पौडेल भन्छन्, “यसको मोडालिटी त बनाउँदैछौँ हामीले अहिले छलफलमै छ । उनीहरुले बाहिरबाट आउँदा स्किल पनि लिएर आउलान् । सबैको जग्गा हुँदैन, जग्गा भएकालाई के गर्ने, नभएकालाई के गर्ने ? कृषितर्फ नजानेलाई अन्य क्षेत्रमा के गर्ने ?”
    
बजार आवश्यकताका आधारमा नै उपयुक्त योजना बनाइने उनले बताए । यस्तै, विदेशबाट फर्किने युवाहरुको क्षेत्रगत रुपमा पनि प्रभाव पर्ने उनको भनाई छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“इन्टेसनको कुरा भयो, अनि मार्केट पोटेन्सियल पनि कुरा भयो । कुन क्षेत्रको मान्छे हो ? लोकेसन ट्रेस गरेर । यो त अब एक्सपेक्टेड हो । लोकेसन फिक्स भएको भए त्यही अनुसारको हुन्थ्यो । अब एक्सपेक्टेड भएपछि यस्तो हुनसक्ला भन्ने सिनरियो अनुसार मोडालिटी बनाउने हो । हामी यसको छलफलकै क्रममा छौँ,” उनले भने ।

६० हजार युवा फिर्ता आउँदा उनीहरुको सीप र दक्षताको पनि प्रयोग हुने तरिकाले योजना बनाउन आयोगले छलफल थालनी गरेको छ । जिल्लागत रुपमा, वा स्थानीय तहगत रुपमा सम्भावनाका क्षेत्र हेर्ने र सो अनुसार उनीहरुलाई रोजगारको क्षेत्रमा जोड्न उपयुक्त हुने उनले बताए ।

Global Ime bank

“क्षमता र लोकेसनले पनि फरक पार्छ । सबै पोखराका त हुँदैनन् । गाउँमा छ भने त्यहाँ के पोटेन्सियल छ, उसँग के स्किल छ सोधेर योजना बनाउनुपर्छ । उनीहरु स्वदेश फर्किसकेपछि मात्र यो सम्भव होला । हामीसँग तीनचारवटा अप्सनको मेनु हुन्छ । कृषिमा जाने, टुरिजममा जानेलाई ..। तीन चारवटा मेनु अनुसार छनोट गरेर इन्भल्भ गराउँला । कृषिमात्र नभई निर्माणमा पनि हामीले जोड्छौँ, ” उनले भने ।

कृषिमन्त्रीको नयाँ कार्यक्रम, ‘विदेशबाट फर्केका युवालाई कृषिमा लक्षित कार्यक्रम’

विदेशबाट फर्केका युवाहरुले के गर्ने ? बाँझा जग्गामा कृषि खेती गर्ने, सरकारले आवश्यक सहयोग गर्ने । कृषिको उत्पादन पनि बढ्ने र रोजगारी पनि सिर्जना हुने ।

प्रदेशको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले घर फर्किने युवाहरुलाई कृषि क्षेत्रमा लगाउने भएका छ । कृषिमन्त्री लेखबहादुर थापाले आउँदो बजेटमा त नयाँ कार्यक्रम नै घोषणा गर्ने तयारीमका रहेको जनाए । उनको नयाँ कार्यक्रम हो, ‘विदेशबाट फर्केका युवालाई कृषिमा लक्षित कार्यक्रम’ ।

उनले भने, “हामीले यो कार्यक्रम ल्याउने कि भन्ने बारे सोचिरहेका छौँ । अर्को आर्थिक वर्षमा यो कार्यक्रम ल्याउँछौँ । विदेशबाट फर्किने ६० हजार युवा फर्किन्छन् भन्ने छ ।” तर, अन्य प्रदेशको तुलनामा कृषि क्षेत्रमा सबैभन्दा कम बजेट भएको प्रदेश पनि गण्डकी नै हो । अर्को वर्ष कृषिमा थोरै भएतापनि बजेट थप हुने उनले बताए ।

“अहिलेको आवश्यकता पनि कृषि नै हो । प्रदेशगत रुपमा हाम्रोमा कृषिमा बजेट कम छ । अन्य प्रदेशमा कृषिमा कम्तीमा चार अर्ब जतिको बजेट छ । हाम्रोमा जम्मा झन्डै साढे २ अर्ब जतिको मात्र लगानी छ ।” उनले भने, “उनीहरुको क्षमता मजदुरीमा हो । शारीरिक श्रम गर्छन । ती मान्छे आएपछि खेतीपातीमा नै जालान भन्ने लाग्छ । केन्द्र सरकारले पनि कृषिमा जोड्नुपर्छ भनिरहेको छ । अहिले झन कृषिमा बजेट घटेको छ । हामीले अलिकति बढाएर ल्याउनेछौँ ।”

उनका अनुसार कृषिमा लाग्ने युवाहरुलाई सरकारले विभिन्न रुपमा सहयोग गर्नेछ । “विदेशबाट फर्किने युवाहरु रित्तो हात लिएर आउनेहुन् । हामीले कृषिमा जोड्न एकदमै जरुरी छ ।” उनले भने, “फर्किने युवालाई कृषिमा लक्षित कार्यक्रम भन्ने नयाँ कार्यक्रम मैले राखेको छ । विज्ञसँगको छलफल पनि जारी छ ।”

मन्त्री थापाका अनुसार, बाँझा जग्गा, खोरियाहरुमा कृषि खेती गर्ने र त्यहाँ खेती गर्नेहरुलाई हामीले केही प्रतिशत भाडा तिरिदिने सरकारको योजना छ ।  यसबाहेक, सिँचाइको कार्यक्रम थप व्यवस्थित गर्नुपर्ने कार्यक्रम ल्याउने, आधुनिकिकरणका उपकरण सहयोग गर्ने लगायतका कार्यक्रम ल्याउने उनले बताए ।

“व्यावसायिक रुपमा खेती गर्ने युवाहरुलाई सोही अनुसारको सहयोग गर्ने भनेका छौँ । आवश्यकता अनुसारका प्याकेज ल्याउँला । उनीहरुको इच्छा बुझेर सो अनुसारको तालिम पनि दिनेछौँ, ” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC