site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सांसद अपहरणको अनुसन्धान गर्न काठमाडौंबाट प्रहरी टोली महोत्तरी प्रस्थान
Sarbottam CementSarbottam Cement

काठमाडौं । सांसद सुरेन्द्र यादवको अपहरण प्रकरणबारे अनुसन्धान गर्न काठमाडौंबाट प्रहरीको टोली महोत्तरी प्रस्थान गरेको छ । प्रहरी अधिकृत सहितको टोली महोत्तरी प्रस्थान गरेको हो ।

आजमात्रै जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीलाई नेकपाका सासंदद्वय महेश बस्‍नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धान सुरु गर्न दर्ता गरेको जाहेरी पठाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारी वकिलको कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धीको जाहेरी दर्खास्त पठाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । एक उच्च प्रहरी अधिकारीले भने, “महोत्तरीबाटै घटना सुरु भएको दाबी गरिएकाले त्यहाँको वस्तुस्थितिको अध्ययन गर्नुपर्ने देखियो । त्यसैले अनुसन्धान टोली पठाएका हौं । महोत्तरीबाट अनुसन्धान टोली फर्किएपछि थप कुरा खुल्न सक्छ ।”

लकडाउनको समयमा सांसद बस्‍नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनाल महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएको आरोप छ । यादवले आफूलाई इच्छाविपरीत काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC