site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आइसोलेसनमा १३५ जना, पछिल्लो चौबीस घण्टामा करिब दुई हजारको कोरोना परीक्षण 
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को आशंकामा पछिल्लो चौबीस घण्टामा करिब दुई हजारको नमुना परीक्षण गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो चौबीस घण्टामा कोरोनाको आशंकामा एक हजार ८६९ जनाको नमुना परीक्षण गरिएको जानकारी दिए । हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट करिब १५ हजार ४९२ जनाको नमुना परीक्षण गरिएको उनले जानकारी दिए । देवकोटाका अनुसार अहिलेसम्म ५४ हजार ५३१ जनाको आरडीटी परीक्षण गरिएको छ । 

Agni Group

कोसी अस्पतालमा उपचाररत आठ संक्रमित निको भएका छन् । उनीहरू पाँचजना १७औं दिनमा र तीनजना १६औँ दिनमा डिस्चार्ज भएको देवकोटलले जानकारी दिए । उनले भने, “हालसम्म डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ । तर तीनजना पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन् भने विभिन्न अस्पतालमा ७२ संक्रमित उपचाररत छन् ।”

मन्त्रालयका अनुसारसम्म आज थप एकजनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा १०२ संक्रमित पुगेका छ । संक्रमितमा ७४ जना पुरुष र २८ महिला छन् ।

Global Ime bank

आज देशैभरका विभिन्न अस्पतालमा आइसोलेसनमा कोरोना भाइरसको आशंकामा एक सय ३५ जना छन् । जसमा काठमाडौं उपत्यकमा तीनजना र उपत्यकाबाहिर १३२ जना छन् । सातै प्रदेशका क्वारेन्टाइनमा १५ हजार ६५४ जना छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC