site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
किट अभावले दुई दिनदेखि कोराना परीक्षण प्रभावित
Sarbottam CementSarbottam Cement

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि प्रभावित बनेको छ ।

पीसीआर विधिबाट परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षण रोकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट परीक्षणका लागि आवश्यक किट पठाउने कुरो छ,” उनले भने, “आज रातिसम्म आइपुग्ने अनुमान छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

किट अभावकै कारण धनगढीस्थित पशुपक्षी अन्वेषण प्रयोगशालामा केही समयअघि स्थापना गरिएको आरटी–पीसीआर मेसिनबाट कोरोना परीक्षण हुँदै आएको थियो । “किट अभावका कारण प्रयोगशालामा ल्याइएका ५५ वटा स्वाबको नमुना जाँचसमेत हुन सकेको छैन,” सम्पर्क व्यक्ति जोशीले भने, “हाल सुदूरपश्चिम प्रदेशमा पीसीआर प्रविधिबाट धनगढीमा मात्रै परीक्षण हुँदै आएको छ ।”

सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पीसीआर मेसिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो । “पहाडका ती दुई जिल्लामा सम्भाव्यता अध्ययनको काम सकिएको छ,” उनले भने, “प्रदेश सरकारले त्यहाँबाट पनि जाँच गर्ने गृहकार्य गरेको छ ।” बिहीबारसम्म सुदूरपश्चिममा दुई हजार ९२३ जनाको स्वाब परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । तीमध्ये पाँचजनाको नतिजा पोजेटिभ र बाँकी सबैको नतिजा नेगेटिभ आएको थियो । सङ्क्रमित पाँचमध्ये चारजना निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ ।

Global Ime bank

“परीक्षणका लागि यसअघि सुदूरपश्चिमा एक हजार किट केन्द्रबाट आएको थियो,” जोशीले भने, “अहिले अरु स्वास्थ्य सामग्रीको अभाव छैन ।” उनले मास्क, पीपीईलगायत स्वास्थ्य सामग्री मौज्दात रहेको बताए । “१४ दिनपछि क्वारेन्टाइन बसेपछि कोरोना जाँच गर्ने निर्देशिकामा भनिएको छ,” उनले भने, “किट नहुँदा समस्या भएको छ ।” किट अभाव हुँदा परीक्षणदेखि नमुना सङ्कलनको कामसमेत प्रभावित बन्न पुगेको छ । पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक पर्छ ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पीसीआर र र्‍यापिड टेस्टबाट हालसम्म १७ हजार ५२४ जनाको कोरोना परीक्षण गरिएको छ । सुदूरपश्चिमका नौवटै जिल्लामा स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा बिहीबारसम्म तीन हजार ३७४ जना बसिरहेको निर्देशनालयले जनाएको छ । “क्वारेन्टाइनमा बसेकाको स्वाब लिएर परीक्षण गर्न बाँकी छ”, जोशीले भने, “पहाडी जिल्लामा क्वारेन्टाइनमा थपिने क्रम बढिरहेको छ ।” -रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC