site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना निको भई कोसी अस्पतालबाट थप आठ जना डिस्चार्ज
Sarbottam CementSarbottam Cement

विराटनगर । गत वैशाख पहिलो सातादेखि विराटनगरस्थित कोसी कोरोना अस्पतालमा उपचाररत थप थप आठ संक्रमित शुक्रबार डिस्चार्ज भएका छन् । 

यसअघि गत बुधबार ६ जनामा लगातार परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट बिदाइ गरिएको थियो । १४ जना डिस्चार्ज भएपछि अब कोसी अस्पतालको आइसोलेसनमा १७ जना छन् । विराटनगरस्थित कोसी अस्पतालअन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचारमा रहेका आठ जनालाई शुक्रबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरू सबै उदयपुरको नूरी मस्जिदमा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएका मुस्लिम समुदायका मानिसहरू हुन । डिस्चार्ज हुनेमा विराटनगरका आइमुन मियाँ र इजरायल मिया, भारतीय नागरिक मो. आदिम छन् । 

यसैगरी उदयपुरका अजाद आलम, परबेज आलम, मुख्तार मियाँ र रौसन खातुन छन् । अस्पतालबाट बिदाइ भए पनि सबैले क्वारेन्टाइनमा बस्नुपर्नेछ । कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले भनिन्, “लगतार दुईपटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हामीले डिस्चार्ज गरेका हौं तर उहाँहरू अझै १४ दिन कवारेन्टाइमा बस्नुपर्छ ।” कोसी अस्पतालमा उपदयपुरका २८ संक्रमितसहित ३१ जना उपचारमा थिए ।

Global Ime bank

डिस्चार्ज भएका सातजना विराटनगर रानी मस्जिदमा र उदयपुरकी महिलालाई भुल्के उदयपुरमा घरमै क्वारेन्टाइनमा पठाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC