site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंको लकडाउन केही खुकुलो, सुरक्षा रणनीति फेरिँदै (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन केही खुकुलो पारिएको छ । कोरोना संक्रमण थप फैलिन नदिन सरकारले लकडाउनलाई निरन्तरता दिए पनि विकास निर्माणलगायत विभिन्न ४२ क्षेत्रका काम गर्न सकिने सरकारको निर्णयसँगै खुकुलो पारिएको हो ।

यद्यपि सरकारले तोकेबाहेक अन्य क्षेत्रमा भने लकडाउन यथावत् रहनेछ । मन्त्रिपरिषदले यातायात, बजार, शिक्षण संस्था, सिनेमाहलजस्ता क्षेत्रबाहेक, बैंक तथा वित्तीय र धेरैजसो उद्योगधन्दा खोल्न दिने निर्णय गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

जनसंख्याको उच्च चाप रहेको काठमाडौं उपत्यकामा पनि सरकारको निर्णयपछि कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे प्रहरीले सुरक्षा तयारी गर्न थालेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले सरकारले तोकेकाबाहेक अन्य क्षेत्रको प्रतिबन्ध कायमै रहेको बताए । उनले भने, “सरकारले तोकेका क्षेत्रहरूमा पनि कसरी सुरक्षित र स्वास्थ्य सावधानीका साथ काम गराउन सकिन्छ भन्नेमा हामी केन्द्रित हुन्छ । निर्माण सामग्री ढुवानी गर्न सवारीलाई निश्चित समय तोकेर सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।”

यसका लागि आन्तरिक रूपमा पहिले प्रहरीले र त्यसपछि उच्च तहमा यसको मोडालिटी तयार हुनेछ । लकडाउनकै अवधिमा औषधि, स्वास्थ्य सामग्रीलगायत अत्यावश्यक वस्तुको उत्पादन, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्री–वितरण गर्न दिने सरकारले निर्णय गरेको थियो । यसबाहेक विकास निर्माणका लागि पर्ने ढुङ्गा, गिटी र बालुवालगायत निर्माण सामग्रीको ढुवानी गर्न दिने पनि बताएको थियो ।

Global Ime bank

पोखरेलका अनुसार सरकारले तोकेका क्षेत्रबाहेक अन्य क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनको उपत्यका प्रवेश गर्नेहरूको हकमा सम्बन्धित जिल्ला प्रशासनको पास आवश्यक रहेको बताए । 

उपत्यका भित्रिने सबै नाकामा चौबीस घण्टा प्रहरी परिचालन गरिएको पोखरेलले बताए । उनका अनुसार हाल उपत्यकामा नौ हजार बढी प्रहरी खटाइएको छ । यस्तै सवारीसाधनको जाँचमा भने थप कडाइ गर्ने पोखरेलले बताए । अत्यावश्यक कामबाहेक बाहिर निस्किएकालाई प्रहरीले नियन्त्रणमा लिने र होल्ड गर्ने कार्यलाई समेत थप प्रभावकारी बनाइने डीआईजी पोखरेलले बताए । 

तस्बिरहरु : सुनील प्रधान/बाह्रखरी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC