site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बन्चरोले हानेर आमाबुबाको हत्या
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ को तेह्रथुम र खोटाङ जिल्लामा तीनजनाको हत्या भएको छ । हत्यामा संग्लग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीबार साँझ साढे ६ बजे तेह्रथुमको फेदाप गाउँपालिका ५, इसिबुमा आफ्नै छोराले बन्चरोले प्रहार गरी बाबु–आमाको हत्या गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले आफ्नै ४२ वर्षीय बुबा रूपबहादुर र ३५ वर्षीया सौतेनी आमा रुपेनी लिम्बूलाई बन्चरोले टाउको तथा ढाडमा प्रहार गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बन्चरो प्रहारबाट दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनापछि फरार रहेका लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी खोटाङको केपिलासगढी गाउँपालिका २ का ४७ वर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ वर्षीय मिलन राईले ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेका छन् । बिहीबार साँझ पौने ७ बजेको समयमा आफ्नै घरतर्फ जाँदै गरेको अवस्थामा बाटैमा रहेका मिलनले एक्कासि ढुङ्गाले टाउकोमा प्रहार गर्दा प्रितिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

Global Ime bank

भिनाजुको हत्या गरी फरार रहेका राईलाई इलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने घटनामा संग्लग्न रहेका निजकै २० वर्षीय भाइ जीवन राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC