site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बागलुङमा आरडीटी किट अभाव
Sarbottam CementSarbottam Cement

बागलुङ । बागलुङमा कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव भएको छ । बागलुङमा दैनिकजसो कोरोना भाइरसको परीक्षण गर्दा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटको अभाव हुन थालेको हो । कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा किट अभाव हुँदा शङ्कास्पद व्यक्तिको आरडीटी परीक्षणमा समस्या भएको हो ।

बागलुङमा दुई कोरोना सङ्क्रमितको सफल उपचार गराइसकेको धवलागिरि अस्पतालले किटको अभाव हुन थालेको बताएको छ । धवलागिरि अञ्चल अस्पतालले शल्यक्रिया गर्ने बिरामी तथा शङ्कास्पद लक्षण भएर अस्पतालमा आएकालाई तत्कालै किटको सहायताले आरडीटी परीक्षण गर्नुपर्ने भए पनि पर्याप्त किट नभएको धवलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी. पोखरेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“अहिले अस्पतालमा पर्याप्त आरडीटी छैन, थोरै किट आकस्मिक प्रायोजनका लागि राख्नुपर्ने हुन्छ,” पोखरेलले भने, “स्वास्थ्यकर्मी, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा सङ्क्रमितको अग्रभागमा उपचार गराइसकेका चिकित्सकको समेत शङ्कास्पद अवस्थामा आरडीटी गर्नुपर्ने भएकाले अस्पतालमा पर्याप्त किट चाहिन्छ ।” बागलुङमा नेपालका पाँचौँ र छैटौँ कोरोना सङ्क्रमित फेला परेपछि ठूलो मात्रमा आरडीटी परीक्षण गरिएको छ । 

अझै पनि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएकाको आरडीटी परीक्षण गर्न आवश्यक रहेकाले थप किट चाहिएको हो । कोरोना सङ्क्रमितले स्वास्थ्यलाभ गरी घर गएको अवस्थामा समेत नेपालमा पुनः कोरोना देखिएको भन्दै बागलुङमा समेत जोखिम कायमै रहेको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । 

Global Ime bank

हाल बागलुङमा एक हजार १५२ लाई आरडीटी र ६८ जनालाई पिसीआर विधिबाट कोरोना परीक्षण गरिसकेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए । उनले अहिले जिल्लामा जम्मा ६० आरडीटी किटमात्रै मौज्दात रहेको र पीसीआर परीक्षणका लागि स्वाब निकाल्ने भीटीएमको समेत अभाव रहेको बताए । जिल्लामा अहिले शङ्कास्पद, क्वारेन्टाइनमा बसेकाको मात्रै आवश्यकताअनुसार आरडीटी र पीसीआर परीक्षण गरिने उनको भनाइ छ । अभाव हुन थालेको आरडीटी किट र भीटीएम जिल्लामा झिकाउन पहल भइरहेको पनि उनले जानकारी दिए । -रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC