site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सवारी जाँचमा कडाइ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ४६ दिन पुगेको छ । 

सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको ४६औं दिनसम्म आइपुग्दा जनजीवन प्रभावित बनेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउनलाई निरन्तरता दिँदै आएको छ । यसैक्रममा सरकारले जेठ ५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णयसमेत गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लामो समयदेखिको लकडाउनका कारण जनजीवन प्रभावित भए पनि मानिसहरूले लकडाउनलाई पालना गरेका छन् । सडकमा केही अत्यावश्यक सेवा तथा कर्मचारीका सवारीसाधनहरू सञ्चालनमा आएका छन् । 

प्रहरीले लकडाउन पालना गराउन सवारीसाधनको जाँचलाई कडा बनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शुक्रबार पनि प्रहरीले सवारी जाँचलाई कडा पारेको छ । प्रहरीले पासबिना सञ्चालनमा आएका सवारीसाधन नियन्त्रणमा लिई कारबाही गरेको छ । सहरका भित्री सडकमा भने केही तरकारी एवं खाद्य पसलहरू खुलेका छन् । मानिसहरू आफ्नो घरनजिक रहेको पसलसम्म पुगेर दैनिक उपभोग गर्ने सामग्रीहरू किनमेल गरेको देख्न सकिन्छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC