site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बन्दाबन्दीमा आपराधिक घटनामा कमी
Ghorahi CementGhorahi Cement

बर्दिया । बन्दाबन्दीका कारण बर्दिया जिल्लामा आपराधिक घटनामा कमी आएको छ । भारतसँग खुला सिमाना रहेको  जिल्लाका सीमा क्षेत्र पनि पूर्ण बन्द हुनु र प्रहरीको सक्रियता रहनुले विगतका तुलनामा अपराधका घटनामा कमी आएको हो ।

बन्दाबन्दीमा तस्कर, लागुऔषध, चोरी, डकैती, हत्या, जबर्जस्ती करणी जस्ता अपराधका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । अत्यावश्यकबाहेक सवारीसाधन सञ्चालनमा रोक लगाइएकाले सवारी दुर्घटना पनि शून्य रहेको जनाइएको छ । 

Agni Group

प्रहरीले नेपाल-भारत सीमा क्षेत्रमा आवागमनमा पूर्ण रोक लगाएको छ । बजार, गाउँका चोक, सडक तथा सार्वजनिक स्थानमा कडा जाँच र सर्वसाधारणलाई अनावश्यक रुपमा हिँडडुल गर्न रोक लगाएकाले मानिस आपराधिक कार्यमा संलग्न हुन नपाएको खड्काले जानकारी दिए ।
 
बन्दाबन्दीमा जिल्लामा दर्ता भएकामध्ये एक मुद्दा फर्स्योट भएको तथा पाँच अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान मार्ने उद्योग एक तथा जबर्जस्ती करणी र  लागुऔषधका दुई-दुई मुद्दा दर्ता भएको र त्यसमा संलग्न आठ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

जिल्लाको भारतसँग सीमा जोडिएको ८३ किलोमिटर क्षेत्रमा नेपाल प्रहरी  र सशस्त्र प्रहरी उल्लेख्य मात्रामा परिचालन गरिएको छ । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC