site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 कोरोनाको कहरमा कृषिको रहर

कोरोनाले विश्वलाई नै तर्साइरहेको बेला असरसँगै अवसर पनि आएको छ । नेपालमा पनि कोरोनाको भय त छँदै छ सँगै कृषिलाई निरन्तरता दिने अवसर पनि आएको छ । नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषिलाई व्यावसायिक र व्यवस्थित बनाउन सकिएको छैन । मुलुकमा ७० प्रतिशतभन्दा बढी मानिस कृषि तथा पशुपालन पेसामा भएको मानिए पनि नेपालीहरु खाद्यान्न, माछा, मासु, दाल तरकारी फलफूल आफ्नै देशमा पर्याप्त उत्पादन हुनसकेको छैन । यस्ता आफ्नै देशमा पर्याप्त रुपमा उत्पादन हुन सक्ने कुरामा पनि परनिर्भर हुनु कटु सत्य हो । विकसित देशमा कृषिमा १०–१५ प्रतिशत मानिसमात्र संलग्न हुँदा पनि मनग्य आम्दानी गरी आत्मनिर्भर हुन्छन् । 

हाम्रो देशमा पनि नीति तथा कार्यक्रममा र सरकारले बजेट विनियोजन गर्दा त कृषि क्षेत्रलाई उच्च प्राथमिकतामै राखेको हुन्छ । कृषिलाई आधुनीकरण र कृषकलाई सहुलियत ऋण र अनुदानको कुराले पनि त्यत्तिकै चर्चा पाउने गरेको छ । 

अहिले कोरोनाको कहरसँगै मानिसहरु बाध्य भएर पनि कृषिमा लाग्नु परेको छ । तर, अहिले सहर केन्द्रित भएर धेरैले आफ्ना खेतबारी बाँझै छोडेका छन् । तर, अब यस्ता खेतबारी बाँझोपन राखेर जीवन धान्न सकिँदैन । तिनमा माटो परीक्षण गरी उचित किसिमको बोट बिरुवा खाद्यान्न, तरकारी, फलफूल अन्य नगदे बाली लगाउने व्यवस्था स्थानीय सरकारले गर्नुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले कोरोनासँगै एकातिर भोकमरी पनि आउने जोखिम छ भने बेरोजगारी पनि बढ्ने सम्भावना छ । त्यसलाई समाधान गर्न पनि अब कृषि नै मुख्य पेसा बनाउन सक्नुपर्छ  त्यसमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले कृषिमा आकर्षण बढाउने रणनीति बनाउनेतिर स्थानीय सरकार लाग्नुपर्छ । 

कोरोनाको संक्रमण केही समय रहन सक्छ । त्यसलाई रोक्न अपनाउनुपर्ने सावधानी अपनाई खेती गर्न कसरी सकिन्छ, कुन समयमा कस्तो बाली लगाउने भन्नेजस्ता विषयमा जनचेतना मूलक सन्देश प्रवाह गर्न स्थानीय रेडियोहरुसँग सहकार्य गरी प्रसारण गर्न सकिन्छ । त्यसो गर्दा स्थानीय कृषकहरुले विभिन्न बालीनालीको ज्ञान पनि लिनसक्ने अर्थात् कृषिको प्राविधिक ज्ञान हासिल गर्न सक्ने अवस्था हुन्छ । रेडियो कार्यक्रमबाट नै उचित परामर्श दिन सकियो भने कृषि उत्पादनमा वृद्धि भएर किसानको आर्थिक स्थितिमा पनि सुधार आउँछ । साथै रोजगारी पनि सृजना हुन्छ । 

Global Ime bank

हाम्रो देशमा नपढेकाले मात्रै खेती गर्ने र शिक्षितले खेती गर्दा लाज हुने विकृत सोच छ । अब श्रमको उचित मूल्याङकन गरी आफैँले खेती गरेर देशको अर्थतन्त्रलाई बलिलो बनाउन एकजुट हुनु जरुरी छ । कृषि क्षेत्रको व्यवसायिकता र औद्योगिकीरण युवालाई कृषितर्फ आकर्षित उपाय हुनसक्ने हुनाले सरकारले ध्यान दिन जरुरी छ ।

समय अनुसारको बीउ, सहुलियत ऋण, बजारीकरण, मलखाद उपलब्ध गराउनुका साथै कृषकलाई कृषि सम्बन्धी शिक्षा, तालिम, रोग नियन्त्रणको ज्ञान दिन सरकारले ध्यान दिएमा कृषि रहरलाग्दो पेसा हुनेछ । 

कृषिका लागी नीतिगत सुधार पनि हुन जरुरी छ । अहिलेको कागजमा सीमित हुने रोगले भयावह परिस्थिति आउनसक्छ । कोरोनाको कहरले विदेशमा र स्वदेशमा पनि रोजगारी गुम्ने स्थिति छ । त्यसलाई सम्बोधन गर्नेगरी सन्दर्भिक बजेट ल्याई कृषिमा नै बढी लगानी गर्नुपर्ने अवस्थो छ । त्यसो गर्दामात्र अर्थतन्त्रमा टेवा पुग्न सक्छ । 

यस्तो विपतको समयमा सदनमा रहेका सबै दल मिलेर विपतको सामना गर्नुको विकल्प रहँदैन । संकटको घडीमा मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लान कृषि क्षेत्रलाई जोड दिऊँ । साथै सबै दल मिलेर देशलाई समृद्धि र आर्थिक उन्नतिको बाटोमा लाने परिस्थिति निर्माणमा जुटौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC