देश
बर्दिया । बाघको आक्रमणबाट गेरुवा गाउँपालिका –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका हुन् ।
आज दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि आक्रमण गरी उनलाई घाइते बनाएको हो ।
आक्रमणबाट उहाँको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर बिसीले बताए । खनाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पुर्याइएको छ । - रासस
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७ २२:००
प्रतिक्रिया दिनुहोस्