site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
नेपाललाई स्वीटजरल्यान्डको पीसीआर टेष्ट किट सहयोग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वीटजरल्यान्डले कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान पीसीआर टेष्ट किट प्रदान गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई उक्त किट हस्तान्तरण गरिएको हो ।

स्वीस सरकार विकास सहयोग एसडीसीमार्फत स्वीस सरकारले नेपाल सरकारलाई सहयोग गरेको हो । स्वीस सरकार विकास सहयोग एसडीसीले सहयोगको एक अंशमध्ये चारहजार पीपीई सेट, एकहजार इनफ्रारेड थर्मोमिटर, ८ हजार एन ९५ मास्क यसअघि नै हस्तान्तरण गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसका साथै एसटीडीसीले नेपाल सरकारको कोभिड १९ का लागि पूर्वतयारी, राहत र पुनस्र्थापनाका प्रयासलाई सहयोग पुर्‍याउन स्वीस फ्र्याङ्क ५० लाखको कोष स्वीकृत गरेको छ ।

यस कोषले विशेष गरी महामारीले प्रभावित नेपालीको सामाजिक, आर्थिक असर घटाउन एवम् आवश्यकता र समावेशितामा आधारित कार्यमा प्रभावकारी सम्बोधन गर्ने जनाइएको छ ।

Global Ime bank

“यी ३० हजार टेष्ट किटले नेपाल सरकारलाई कोभिड १९ को संक्रमण नियन्त्रण गर्नुमा आवश्यक र महत्वपूर्ण परीक्षणलाई सुदृढ गर्न सहयोग गर्नेछ,” नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC