site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जल तथा मौसम विज्ञान विभाग नियमित कार्यमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सम्पूर्ण देश लकडाउको अवस्थामा रहेपनि जल तथा मौसम विज्ञान विभागले आफ्नो जिम्मेवारी निरन्तर निर्वाह गरिरहेको छ । 

नागरिक उड्डयन सङ्गठन मापदण्डबमोजिम हवाई मौसम तथा दैनिक मौसम पूर्वानुमान, चेतावनी, सूचना तथा जानकारीहरु पूर्ववत नै प्रदान गरिरहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए ।
 
उनका अनुसार यस प्रकारको विशिष्ट कार्यका लागि कोरोना भाइरस सङ्क्रमणको जोखिमका बाबजुद पनि नियमितरूपमा घर र कार्यलय आउने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको मौसम पूर्वानुमान महाशाखाले परिचालन शुल्करहित २४सै घण्टा कार्यसम्दान तथा सेवा प्रदान गरिरहेको छ । विपद्बाट हुने जनधनको क्षति न्यूनीकारणमा जल तथा बाढी पूर्वानुमान सेवाको पनि उल्लेखनीय भूमिका रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वानुमानको आधार भनेको अवलोकन हो । देशभर रहेको सिनप तथा एशोसिनप केन्द्रहरुको लकाडाउनको अवस्थामा समेत प्रत्येक तीन घण्टामा मौसम अवलोकन गर्ने कार्यलाई नियमितता दिँदै आएका छन् । त्यसैगरी जल विज्ञान र सेडिमेन्ट केन्द्रहरुमा जलमापन तथा सेडिमेन्टसम्बन्धी कार्यहरुलाई निरन्तरता दिँदै आइरहेको विभागले छ । 

अहिले चट्याङ र हावाहुरीको समय हो । एक महिनापश्चात नेपाला मनसुन शुरु हनेछ र सो अवधिमा बाढी र पहिरोको जोखिम पनि उत्तिकै हुने गर्दछ । 

Global Ime bank

त्यसैले यस विभागको चट्याङ सञ्जाल तथा जल-मौसम केन्द्रहरुको मर्मत गरी दुरुस्त राख्न लकडाउनको अवधिमा समेत फिल्डमा कर्मचारी खटिइरहेको बताइएको छ । 

आव २०७७-७८ को वार्षिक कार्य योजना तयार गर्न ताल्लुक मन्त्रालय, अर्थ मन्त्रालयलगायतसँग छलफल गर्ने कार्यलाई हालको लकडाउनको अवस्थानमा समेत घर तथा कार्यालयमा रही नियमित कार्य सम्पादन भइरहेको विभागले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC