site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वीस सरकारको दियो ३० हजार थान पीसीआर टेस्ट कीट
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वीटरल्यान्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ ।

पीसीआर टेस्ट कीटसहित स्वीस सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमान मार्फत् बिहीबार आइपुगेको हो । स्वीस सरकारका तर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विमानस्थल पुगेर नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरिन् । टेस्ट कीट हस्तान्तरण गर्दै नेपालका लागि स्वीस राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि आवश्यक र महत्त्वपूर्ण परीक्षणलाई ३० हजार टेष्ट किटले सुदृढ गर्ने बताइन् ।

एसडीसीले ४ हजार सेट पीपीई सेट, १ हजार इनफ्रारेड थर्मोमिटर, ८ हजार एन ९५ मास्क यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यसैगरी स्वीस सरकारले कोभिड—१९ को पूर्वतयारी, राहत र पुन:स्थापनाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।

Global Ime bank

सहयोगका लागि निर्माण भएको उक्त कोषले महामारी प्रभावित नेपालको सामाजिक, आर्थिक असर घटाउन र आवश्यकता थता समावेशीतामा आधारित कार्यहरु प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास स्वीस सरकारले व्यक्त गरेको छ । कोरोना रोकथामका लागि नेपाल सरकारको प्रयासलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि स्वीस सरकारले गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC