site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
झोलुङ्गे पुलमा ताला लगाएपछि बारीमै सढे कृषि उपज
Ghorahi CementGhorahi Cement

बर्दिया । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको छ । मुख्य बाटो बन्द हुँदा बारीमा लटरम्म फलेका भिन्डी, काँक्रो, करेला, बोडीलगायत तरकारी बिक्री गर्न नपाइएको किसानको गुनासो छ । 

याममा बजारसम्म तरकारी पुर्‍याउने मुख्य बाटो बन्द भएपछि  तरकारी खेतबारीमै कुहिन थालेको छ. । अधिकांश गाउँमा तरकारी लटरम्म फलेका छन् ।  

Agni Group

तरकारी बिक्री हुने हाट बजार पनि बन्द भएको र  पुलको वरिपरि जाली बाँधेर ताला लगाइएपछि काँक्रा, फर्सी, बन्दा, काउली आदि टिपेर खेतकै गह्रागह्रामा थुपार्नुपरेको बारबर्दिया –४ का किसान फक्लबहादुर सत्गौलाले बताए ।

एक बिघा आठ कठ्ठा जमीन भाडामा लिएर बेमौसमी तरकारी खेती गर्नुभएका सत्गौलाले तरकारी बिक्री नहुँदा मारमा परेको बताउए । 

Global Ime bank

सरकारले अत्यावश्यक वस्तुको निर्बाध आपूर्ति गर्ने व्यवस्था गरिने भने पनि झोलुङ्गे पुलमा ताला लगाइएपछि बेमौसमी तरकारी उत्पादक किसानले  व्यापार गर्न पाएका छैनन् । मधुवन खुला सिमानासंग जोडिएकाले मानिसको आवतजावत बढेको जनाउँदै गत चैत १९ गतेदेखि झोलुङ्गे पुलमा ताला लगाइएको हो । - रासस 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC