site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लाइसेन्स नभएका व्यक्तिले मापसे गरेर चलाएको एम्बुलेन्स दुर्घटना
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौंमा एक व्यक्ति सवारी अनुमतिपत्र (लाइसेन्स) नै नबनाई मद्यपान सेवन (मापसे) गरेर एम्बुलेन्स चलाएको भेटिएको छ । 

काठमाडौंको गौशालामा एक निजी कारलाई ठक्कर दिएपछि भएको अनुसन्धानका क्रममा उनले अहिलेसम्म चालक अनुमतिपत्र नबनाएको र मापसे गरेर एम्बुलेन्स चलाएको फेला परेको प्रहरीले जनाएको छ । कारलाई ठक्कर दिए पनि ठूलो दुर्घटना हुनबाट भने जोगिएको छ । 

Agni Group

मित्रपार्कबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेको बा१०च ८५१३ नम्बरको निजी कारलाई विपरित दिशाबाट आएको बा८छ ६९२८ नम्बरको एम्बुलेन्सले आज अपराह्न ठक्कर दिएको थियो । दुर्घटनामा कार चालक सविन श्रेष्ठ घाइते भएका र दुवै सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।  

मोरङको पथरी बस्ने एम्बुलेन्स चालक वर्ष ३६ का रामबहादुर चौधरीलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आवश्यक कारवाहीका लागि उनलाई महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशालामा राखिएको छ । 

Global Ime bank

यता काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ बस्ने सिन्धुपाल्चोकका राजु गिरीको कोठाबाट नगद तथा सुनका गरगहनासहित रु एक लाख ४३ हजार बराबरको धनमाल चोरी भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC