site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 सुदूरपश्‍चिममा कोरोना परीक्षण किट शून्य, मन्त्रालय भन्छ - 'अभाव छैन'
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरश्‍चिमको नोभेल कोरोना भाइरसको परीक्षण गर्ने एकमात्र प्रयोगशाला सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण किटको सकिएको छ।  

अस्पतालमा कोरोना परीक्षणका लागि आवश्यक 'आरएनए एक्सटेन्सन' किट नभएको सकिएको सेती प्रादेशिक अस्पतालका वरिष्ट फिजिसिएन तथा प्रवक्ता डा . जगदिश जोशीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

थ्रोट स्वाबको नमुना संकलन गरेपछि परीक्षणको प्रक्रियाका लागि आवश्‍यक आरएनए एक्सटेन्सन किट सकिएको डा. जोशीले बताए । यो किट नभएको कोरोना परीक्षणको नतिजा आउँदैन । 

डा. जोशीले भने, "अहिले आरएनए एक्सटेन्स किट शून्य अवस्थामा छ । तत्काल कोरोना संक्रमित आएमा परीक्षण गर्नसक्ने अवस्था छैन ।" 

Global Ime bank

तर, सुदूरपश्‍चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले भने अहिले शून्य अवस्थामा नभएको बताए । उनले भने, "हामीले केन्द्र सरकारलाई १० हजार किट माग गरेका छौं । यता पनि अन्य  २० वटा भेन्टिलेट र तीनवटा पीसीआर मेसिनका लागि टेन्डर आह्वान गरेका छौं ।" 

यस्तै चितवनको प्रयोगशालामा पनि किट नहुँदा परीक्षण नै रोकिएको चितवनको कोरोना अस्पतालले जनाएको छ । वीर अस्पतालमा समेत कोरोना परीक्षण किट नभएका कारण रोकिएको छ । 

तर, संघीय स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने अहिले हेटौंडाबाहेक कहीँ पनि अभाव नभएको दाबी गरे । उनले भने, "आज सिंगापुरबाट ३० हजार किट आउँदै छ । अभाव हुँदैन । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC