देश
काठमाडौं । बारामा भारतीयले सशस्त्र प्रहरीको अस्थायी पोस्ट भत्काइदिएका छन् । बिहान नेपालतर्फ प्रवेश गर्न लागेका दुईजना भारतीयलाई सशस्त्र प्रहरीले रोकपछि विवाद सुरु भएको थियो ।
“दुईजनालाई फर्काइदिएपछि केहीबेरमा हुल बाँधेर भारतीयहरु आएर नेपाल प्रवेश गर्न लागेका रहेछन्,”सशस्त्र प्रहरीका प्रवक्ता प्रविण श्रेष्ठले बाह्रखरीसँग भने, “हुल बाँधेर आएका भारतीयलाई फर्काएपछि उनीहरुले अस्थायी पोस्ट भत्काइदिएका हुन् । त्यसपछि सशस्त्र प्रहरीका तर्फबाट एक राउन्ड हवाइ फायर भएको छ ।”
उनका अनुसार अहिले त्यस क्षेत्रको अवस्था सामान्य भइसकेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७ १५:२९
प्रतिक्रिया दिनुहोस्