site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली सरकारलाई जीवनदायी कोरोना 

असफल सरकारलाई कोरोनाको बैसाखी मिलेको छ । ‘कोरोना कूटनीति’ प्रधानमन्त्री केपी शर्मा ओलीका लागि थप जीवनदायी ‘कोरामिन’ भयो । कोरोनाभाइरस संक्रमणको फणा उठ्थेन भने प्रतिपक्षी दल, नागरिक समाज र स्वयं सरकारको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता आआफ्नै प्रकारको आन्दोलन चलाउन बाध्य हुनेथिए । सरकारको नेतृत्व गर्ने केपी ओली नै आन्दोलनका कारक हुन् । दम्भ व्यक्त गर्न खप्पिस प्रधानमन्त्री ओली आफ्ना कार्य, कारणको दुष्प्रभाव नदेख्ने वा सफलतामात्रै देख्ने अव्यक्त अहंकारको मानकसमेत आन्दोलनको कारक भएका हुन् । 

कोरोना संक्रमणको भयग्रस्त स्थिति बोधले प्रतिपक्षी दलहरु समेत शान्त रहेको बेला दुनिया हँसाउने गरी सरकारी कम्युनिस्ट भित्रको ‘उछलकुद’ बाध्यात्मक भयो । कोरोना रोगको नियन्त्रणका लागि सबै राजनीतिक दल र समाजले सरकारलाई सक्दो सहयोग दिइरहेका बेला प्रधानमन्त्री ओलीको अराजक निर्णयले उनकै पार्टीको अनपेक्षित दृश्यहरु सतहमा पनि आए । 

पहिलेदेखि मौका हेरेर बसेको नेकपाभित्रकै किनाराकृत प्रतिपक्षले सरकारको असफलता र जनतामा बढेको निराशाबीच प्रधानमन्त्री ओलीलाई खुला विद्रोहको निसानामा लिने विषय पायो । केही दिनभित्रै बोलाउनु पर्ने संसद्को बजेट अधिवेशन नपर्खी राष्ट्रपतिबाट संविधानको भावना विरोधी दुई अध्यादेश घोषणा गराएबाट सर्वत्र आलोचित  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीभित्रै कडा चुनौती पाए । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि यति कडा चुनौती उनले पहिलोपटक पाएका हुन् । उनी यसबेलासम्म प्रतिपक्षबाट त निर्बाध थिए, छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आफूलाई राजनीतिक स्थिरताको स्वघोषित प्रतीक दाबा गर्ने प्रधानमन्त्री ओली र उनका पोषितहरुले बढ्दो विरोधलाई अस्थिरताको कारक र कारण बताए । नागरिक समाजको नेतृत्व दाबा गर्ने ‘दश मस्तक’ले सार्वजनिक गरेको स्थिरताकामी वक्तव्यले पनि असफललाई सफल देखाउन सम्भव भएन । अधिनायकवादमा मात्र व्यक्तिसत्ता स्थिरताको प्रतीक होला लोकतन्त्रमा त पद्धति र प्रणालीको स्थिरता राजनीतिक हो । कोरोना संक्रमणको महामारीमा नेकपाको उहापोह असान्दर्भिक त हो तर यसका सूत्राधार पनि प्रधानमन्त्री ओली नै हुन् । प्रधानमन्त्री र राष्ट्रपतिले संवैधानिक मर्यादाको उल्लंघन गर्नु विद्रोहको प्रत्यक्ष मुद्दा बन्यो ।      

आन्दोलन अनिवार्य भएको छ । सरकार परिर्वतन समय र परिणामको बोध हो । ढाइ वर्षे कार्य परिणामलाई फर्किएर हेरियो भने यो सरकारको औचित्य वा नेकपाको क्षमता पुष्टि हुँदैन । कोरोना संक्रमणको प्रतिरोधमा तीन चार महिने सरकारी कार्य, तयारी पनि भरपर्दो छैन । मुलुकलाई दुई महिने बन्दाबन्दी (लकडाउन) मा राख्ने निर्णय गरेको सरकारले यसबीच संक्रमण नियन्त्रणको औषधिमूलो वा सुरक्षा सामग्रीको आवश्यकता पूरा त के न्यूनतम जोगाडसम्म गर्नसकेन । 

Global Ime bank

मन्त्रीहरु नै भ्रष्टाचारमा मुछिएको ओम्नी आयातित  र मित्रराष्ट्रले सहयोगमा दिएको सामग्रीकै भरमा सरकारी प्रयत्न सीमित छ । विश्वासिलो मानिएको पीसीआर परीक्षणको लागि कीटको कमी छ । दिनमा एक दुईसयलाई मात्र यो विधिले जाँच्न सकिएको सरकारी निकायले दिएको जानकारी हो । आरडीटी परीक्षण विश्वासिलो नरहेको पुष्टि यहाँ पनि  भइसक्यो । 

सरकारी पक्ष नै अठार ठाउँमा पीसीआर प्रविधिबाट परीक्षण शुरु भएको दाबा गर्दै छ । तर, त्यसैका पनि लागि चाहिने कीट त छैन । कतै  मिसिन बिग्रिएको र कतै सहायक पाटपूर्जा नभएर पीसीआर परीक्षण हुन नसकेको जानकारीसँगै डेढ दर्जन मेसिनको दाबाको अर्थ नै के रह्यो र ? गाउँघर जान सीमाक्षेत्रमा आइपुगेका नेपालीहरु झन्डै दुई महिनादेखि त्यतै अलपत्र छन् । विदेशबाट आउन चाहनेका लागि कुनै प्रकारको जोहो र सरकारी तदारुकता संवेदनशील देखिँदैन । 

यसबीच भारतबाट करिब पाँच अर्बको तरकारी आयात भएछ । तर, नेपाली कृषकको उत्पादन खेतबारीमा सडेका छन् । बजार व्यवस्थापनमा सरकारी प्रयत्न छैन । दैनिक श्रममा बाच्ने जनशक्ति भोकभोकै मर्नुपर्ने स्थिति बेहोर्ने अवस्थामा छ । सरकार चाहिँ सबै वा वैकल्पिक उपाय अवलम्बन गर्ने दायित्वबाट पन्छिएर बन्दाबन्दीमात्रै सुरक्षा हो भन्ने एकल रटानमा व्यस्त छ । वैकल्पिक उपायबारे विशेषज्ञ वा दलहरुसँगको परामर्श र एकीकृत प्रयत्नका लागि सरकार इच्छुक छैन । 

रोग संक्रमित ठाउँ र संक्रमण नभएका ठाउँलाई एउटै विधि ‘लकडाउन’मा राखिएको छ । कृषिलाई प्रोत्साहित गर्नुपर्ने धारणाको पनि बेवास्ता गरिएको छ । ओली सरकार आफ्नो दायित्व पनि प्रदेश र स्थानीय तहमा पन्छाएर हाइसञ्चो मान्ने मुढमा देखिन्छ । 

प्रभावकारी व्यवस्थापनमा चुकेको सरकारलाई बन्दाबन्दी केही गरेको देखाउने माध्यम भएको छ ।  अकर्मण्यताको आलोचनालाई असान्दर्भिक करार गर्ने सुरक्षा कवच बनाइएको छ । कोरोना भाइरसको भयलाई ओली सरकारले जीवनदायी औषधिका रूपमा प्रयोग गरे पनि ‘भुसको आगो’ जस्तो नेकपाको सत्ता संघर्षसमेत उत्कर्षमा छ । भोलि के होला, यतिबेला चाहिँ कोरोना संत्रास ओली नेतृत्वको लागि  भरपर्दो टेको बन्यो, बनाइयो । आर्थिक वा नीतिगत भ्रष्टाचार, खुला समाज र स्वतन्त्र चेत विरोधी, राज्यसंयन्त्रको ‘ओलीकरण’, संवैधानिक निकायमा आफ्ना कार्यकर्ता भर्ती गर्न र दलहरु तोडफोड पार्न प्रधानमन्त्रीबाट प्रस्तुत तर असफल अध्यादेशको सन्दर्भबीच नेकपा सचिवालयको बैठक लगातार भइरहेछ । तर, बैठकको विषय चाहिँ जनता केन्द्रित छैन । 

स्थायी समितिको आज विहीबार हुने घोषित बैठकका लागि प्रस्ताव तय गर्न हिजो बुधवार पनि सचिवालय बैठक बस्यो तर अनिर्णित । बैठकबाट प्रधानमन्त्री हिँडेपछि प्रस्ताव(एजेन्डा) अनिर्णित भयो ।  बैठक अनिर्णित हुनु दुई अध्यक्षबीचको गोप्य तारतम्यले हो वा आफू घेरिने जानेका ओलीको चतुर्याइँ ? खुलेको छैन । यति चाहिँ स्पष्ट हो, यी बैठक पैmलिँदो संक्रमण नियन्त्रणको उपाय खोज गर्न होइन । पद, स्रोत र साधनको भागबण्डा लगाउने आन्तरिक उपाय खोज्न भने हो । 

विवादले संकटमा परेको लाग्ने ओली सरकारलाई केही सुविस्ता ‘कोरोना कूटनीति’ले दियो । छिमेकी चीनको सदासयी सहयोगले केही मत्थर देखिएको नेपाल कम्युनिष्ट पार्टीको असन्तुष्टि पुनः दबाउन चीनको दबाब कति मुखररूपमा प्रकट हुन्छ ? अनुमान बाहिर छ । ‘उपयुक्त समयमा ?’उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव र आत्मआलोचनाको केपी ओली ‘क्याप्सुल’ लाई विवाद मत्थरको अर्थ रोपित गरिए पनि खासमा चिनिया चासोको जोर थियो । 

भनिन्छ, वरिष्ठ नेता माधव नेपालको ‘एक व्यक्ति एक जिम्मेवारी’को अडानले बुधवारको सचिवालय बैठक अनिर्णित भयो । सँगै स्थायी कमिटी बैठक पनि अनिर्णित वा ‘एजेण्डा’ विहीन । समिति बैठक भए पनि खुला एजेन्डा, त्यहाँ मन लागेका कुरा हुने भए । निर्णय हुने भएन । परिणाम अनिर्णित पार्ने चोचोमोचो दुई अध्यक्षवीच भएको अनुमान छ र अर्को अनुमान नेता नेपालको प्रस्तावलाई साथ दिने भित्री वचन पनि अध्यक्ष पुष्पकमल दाहालले दिएका छन् रे ! अध्यक्ष दाहाल नेता ओली र नेपाल दुईबीच कता खेले ? स्पष्ट छैन तर खेलेका चाहिँ पक्कै छन् । पुरानो एमालेभित्र नखेली दाहालको भविष्य अपेक्षितमात्राम सुरक्षित पनि छैन । 

नेकपाको आन्तरिक विषय बताएर नेपालकै राजनीतिक दलहरु टिप्पणी गर्न हच्किएको विषयमा चतुर छिमेकी सहयोगीले कहिलेसम्म काँध थाप्न सक्ला ?  प्रधानमन्त्रीले ओलीले बुझ्दा हुन्छ । चिनिया परराष्ट्रविद्, र विदेश मन्त्रीको चासोपछि राष्ट्रपतिको फोन वार्ताको सदीक्षा (कोरोना उपचारको बाहानामा)सधैँ राजदूतमार्फत व्यक्त हुन सम्भव छैन । एकता पनि गराइदिने र एकता बचाई पनि रहने सधैँको शक्तिस्पर्धामा रहेको चीनले नेपालका कम्युनिस्टका लागि कहिलेसम्म बोक्ला ? नेकपाले छिमेकीहरुलाई धेरै दुःख नदिएर जे सक्ने हो आफैँ गरे हुने नि !  

चीनलाई राम्ररी थाहा छ, नेपालको भलो नै चिताए भने निरन्तरको दबाब चाहिं आफ्नै लागि प्रत्युत्पादक हुनेछ । भारतको यस्तै छिमेक नीति असफल भएको र उसले नयाँ तौरतरिका तय गर्न खोजेको चीनले देखेकै छ । विगतमा नेपाल नीतिप्रति मुखर भारत ‘मात खाइ’ मौन कूटनीतितिर जानलागे जस्तो छ । सधैँ मौन कूटनीतिको पहिचान बनाएको चीन शक्ति आर्जनको आत्मविश्वासले नेपालमा मुखर हुन खोजेको छ । अर्थात् भारत त्यक्त शैली चीन र चीनले छोडेको मौन कूटनीति भारतले अपनाउन चाहेजस्तो छ । 

प्रधानमन्त्री केपी ओलीको ढाइ वर्ष असफल देखिन्छ । बाँकी अवधि थप ‘बदतर’ हुने अढाइ वर्षले नै स्पष्ट गर्यो । उनकै दलका कार्यकर्ताको भनाइमा, उपाध्यक्ष गौतमलाई ‘आकाशे फल’ले लोभ्याएर सचिवालयमा बहुमत पुर्याए पनि अध्यक्ष ओली बाँकी पार्टी संरचनामा अल्पमतमा छन् । संसदीय दलमा भनिने प्रधानमन्त्री ओलीको बहुमत पनि शंकाकै घेरामा छ । चारैतिर अल्पमत र आलोचनाले घेरिए पनि प्रधानमन्त्री ओली सजिलै पद छोड्ने स्वभावका छैनन् । उनको सोचाइमा त दुवै पद अजरामर निजी आर्जन हो । बढ्ने आन्तरिक  दबाबलाई प्रतिरोध गर्न चाल्ने प्रधानमन्त्री ओलीको  संभावित कदम संविधान र पद्धतिमाथि संकट हुनसक्छ । दबाब परे पनि नपरे उनी अधिनायकवादका यात्री जो हुन् । 
               

         
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC