काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा लगातार झरी परेको छ । मौसम विभागका अनुसार यो अवस्था अझै केही दिन कायमै रहन्छ ।
अहिले पनि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा झरी परिरहेको छ भने गड्याङगुडुङसहित कतिपय स्थानमा चट्याङको सम्भावना रहेको छ । मौसम विभागका अनुसार अहिले पश्चिमी वायु प्रणालीको असर तीव्ररुपमा पूर्वतर्फ सरिरहेको छ ।
“अहिले बदली नै छ । यो बिहानीपख पश्चिममा देखिएको सिस्टम हो । पूर्वतिर तीव्र गतिमा आएको छ । काठमाडौंमा यसको असर केहीसमय रहन्छ,” मौसमविद् विभुति पोखरेलले भनिन् ।
अहिलेको समयमा लगातार झरी पर्नाको कारणबारे प्रष्ट्याउँदै उनले भनिन्, “केहीवर्षको अवस्था हेर्ने हो भने अहिले बढी देखिन्छ तर यसलाई एक्स्ट्रिम भन्न मिल्दैन । पछिल्लो दिनमा दैनिक पानी परिरहेको छ । सामान्यअवस्था भन्दा बढी हो तर एक्स्ट्रिम होइन ।”