site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
महाकाली तरेर भित्रिए ६ नेपाली
Sarbottam CementSarbottam Cement

दार्चुला । लकडाउनका कारण भारतमै रोकिएका ६ नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् ।

डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका ३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका ५ का कृष्ण ओड छन् । नौगाड गाउँपालिकाका पाँचजना दत्तुनाका भएर ट्युबमार्फत नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले बताए । उनीहरु ट्युबमार्फत नेपाल फर्किएका छन् । यस्तै महाकाली नगरपालिका ५ का ओड भने किम्तडीमै पौडी खेलेर फर्किएका छन् ।
 
लकडाउनका कारण काम बन्द भएपछि अहिले घर फर्किएको नौगाड ३ का वीरेन्द्र ठगुन्नाले बताए । “एक महिनादेखि काम बन्द भयो,” उनले भने, “नेपाल भारत झोलुङ्गे पुल खुलेको जानकारी नहुँदा अहिले महाकालीमा ट्युब तरेर आएका हौँ ।” तीन दिन डिडिहाटबाट हिँडेरै धार्चुला पुगेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल–भारत दुवै देशको सहमतिमा वैशाख १८ गते दार्चुलाका दुई नाका र बैतडीका एक नाकाबाट दुई हजार ६०० बढी नेपाली स्वदेश फर्किएका थिए तर अहिले पनि भारतको पिथौरागढलगायतका क्षेत्रमा काम गर्ने नेपाली महाकाली तरेर आउन रोकिएका छैनन् ।

उनीहरुले ट्युब तरेबापत प्रतिव्यक्ति १६ सय रुपैयाँ तिरेका छन् । बालुवाकोट पुग्नेबित्तिकै ट्युब चालकल प्रतिव्यक्ति एक हजार भारु मागेपछि सोहीअनुसार नदी तरेर आएको स्थानीय दीपक ठगुन्नाले बताए । “ठेकेदारले पनि काम गरेको पूरै ज्याला दिएको छैन,” उनले भने, “लकडाउन खुलेपछि पुनः मजदुरी गर्न भारतमै जान्छौँ । गाउँमा रोजगारी पाइँदैन, त्यहाँ काम नगरे घरपरिवार कसरी पाल्नु ।” उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी छ । -रासस

Global Ime bank

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC