site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्वारेन्टाइनमा कुहिएको चामल !
Ghorahi CementGhorahi Cement

बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ । म्याद नाघेको चामल प्रयोग गरिएको र क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको हो ।

लकडाउनको मौका छोपेर व्यापारीले त्यस्तो (कुहिएको) चामल बिक्री गरेकै कारण सर्वसाधारण बिरामीसमेत परेपछि ल्याब परीक्षण गर्न लागिएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताए । नगरपालिकाले खरिद गरेका चालमको म्यादै नाघेको र मार्करले नयाँ मिति लेखिएको अवस्थामा भेटिएको भनी चौतर्फी विरोध हुन थालेपछि चामलको गुणस्तर मापन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख शाहको भनाइ छ ।

Agni Group

चौतर्फी आलोचना र विरोधपछि जिल्ला प्रशासन कार्यालय बाजुराले समेत त्यसको वास्तविकता के हो भनेर गरपालिकालाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए । प्रशासनको पत्रपछि नगरपालिकाले नगर उपप्रमुख तारा खातीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको मिति हेर्दा सन् २०१७ फ्रेबुअरी छ । तर चामलको बोरामा भने मार्करले सन् २०२० लेखिएको छ । चामल स्थानीय व्यापारी सुनील बानियाँको पसलबाट खरिद गरिएको बताइएको छ । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC