site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
के छ नेपालमा कोरोना संक्रमणको अवस्था ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार एकै दिन १७ जना कोरोना संक्रमितको पहिचान हुँदा नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको हो । 

संक्रमित मध्ये २२ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । हाल १३६ जना आइसोलेशनमा स्वास्थ्यकर्मीको निग्रानीमा छन् । क्वारेन्टाइनमा १९ हजार ७३४ जना रेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म १४ हजार ९६ जनामा पीसीआर परीक्षण गरिएको छ भने ५२ हजार ९७० जनामा आरडीटी परीक्षण गरिएको छ । 

एकपटक कोरोना पोजेटिभ देखिएर उपचार पछि ठीक भएर घर फर्किएकामा पनि पुन : पोजेटिभ देखिएको छ । यसअघि सनसिटी अपार्टमेन्टमा कोरोना पोजेटिभ देखिएर उपचारपछि नेगेटिभ नतिजा आएर घर फर्काइएका ५८ वर्षीय पुरुषमा पुन : कोरोना पोजेटिभ देखिएको छ । वीरगन्जका दुई जनामा पनि कोरोना पुन : पुष्टि भइसकेको छ । कोरोना दुई वर्षका शिशुमा पनि देखिएको छ ।

Global Ime bank

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले कोरोनाको राम्रोसँग परिक्षण नगरेर पुन : संक्रमण दोहोरिएको बताउँछन् । घाँटीभन्दा तल ब्रमक्रसबाट स्वाब लिएर परीक्षण गर्नुपर्नेमा घाटीबाट स्वाब लिँदा नेगेटिभ रिर्पोट देखिएर डिस्चार्ज गरेको उनको तर्क छ । 

“संक्रमितलाई खोक्न लगाएर घाँटी तलबाट खकार निकाल्न भनेर लगाउँनु पथ्र्योे वा एउटा नली घुसाएर स्वाब संकलन गर्नुपथ्यो । यस्तो नगर्दा रिर्पोट नेगेटिभ देखिएको हो,”उनले भने,“पहिला देखि नै टन्सिलको आसपासबाट मात्र खकारको नमुना  लिँदा पुन : कोरोना संक्रमण देखियो ।”

कोरोना भाइरसको परीक्षण गर्ने किट नहुँदा दैनिक निकै सानो संख्यामा परीक्षण भइरहेको छ । चितवको कोरोना परीक्षण केन्द्र किट अभावमा बन्द भइसकेको छ । दैनिक ठूलो संख्यामा परीक्षण गर्न माग गर्दै आए पनि किट अभावमा सरकारले परीक्षण तिव्र बनाउन सकेको छैन ।

कोरोना संक्रमणको जोखिम कर्म गर्न सरकारले लकडाउन जारी राखेको छ ।  
  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  ०६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC