site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लकडाउनमा पुँजीबजार बन्द गर्नु कति जायज ?

कोरोना भाइरस (कोभिड १९) ले स्वास्थ्यमा प्रभाव पारेको भने आर्थिक गतिविधिलाई अवरोध गरेको छ । किनकि लकडाउन भन्नुको अर्थ सबै क्षेत्र लक हुनु हो । गतिविधि बन्द हुँदा अर्थतन्त्र ठप्प हुन्छ । एयरलाइन्स बन्द हुँदा एयरलाइन्ससँग सम्बन्धित उद्योग बन्द छ । मान्छेलाई डिजेल, पेट्रोल आवश्यक परेको छैन, त्यससँग सम्बन्धित उद्योग पनि बन्दै छन् । उत्पादनमूलक वस्तु मात्रै आवश्यक परेको छ, त्यो पनि मौजुदाको प्रयोग गरिरहेका छन्, नयाँ उत्पादन कमै छ ।

यसले यातायात, पर्यटनलगायत धेरै उद्योगलाई प्रभाव पर्यो । बैंकिङ तथा वित्तीय उद्योग पनि अछुतो रहन सकेन । पुँजी बजार भनेको एउटा नयाँ पुँजी चाहिने बजार हो, अस्तित्वमा रहेको सम्पत्तिलाई तरलता दिने बजार हो । अहिले लकडाउनको समयमा मानिसलाई नयाँ पुँजी पनि चाहिएको छैन । पछि के कति परिमाणमा चाहिने विषयमा कोभिड १९ को प्रभावको क्लियर पिक्चर आएको छैन ।

कति समयसम्म यसको प्रभाव रहन्छ भन्ने कुराको अनुमान गर्न सकिने अवस्था छैन । अरू कुराको भए पुरानो अनुभवका आधारमा अनुमान लगाउन सकिन्छ । तर, यसको प्रभाव नै कति लामो समय हुन्छ भन्ने आकलल गर्न सकिएको छैन । विकसित देश र यो क्षेत्रका पण्डितहरूले पनि केही भन्न सकेका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसको प्रभाव आर्थिक वृद्धि व्यापक रूपमा घट्ने देखिन्छ, विश्वको आर्थिक वृद्धि १ देखि १.५ प्रतशतसम्म जान सक्छ भनेर विश्व बैंक, आईएमएफले भनिसकेका छन् । यसमा एसियाली देशको केही राम्रो भए पनि युरोपियन देशको अवस्था नाजुक हुने बताइएको छ । भारत, चीन विश्व र नेपाली अर्थतन्त्रका ड्राइभर हुन्, उनीहरूको अवस्था पनि राम्रो छैन । अर्थशास्त्री तथा पुँजीबजारका विश्लेषकहरू सबै गतिविधिलाई पनि आर्थिक वृद्धिसँग जोडेर हेर्छन् । चाहे त्यो पुँजी बजारको होस् वा अन्य कुनै आर्थिक गतिविधि होस् ।

पछिल्लो समय सबै क्षेत्रको वृद्धि शून्य र कतिपय क्षेत्रको वृद्धि ऋणात्मक नै हुने तथ्यांक आइरहेको छ । कुनै पनि वित्तीय बजारलाई चाहिने भनेको आर्थिक वृद्धिलाई साथ दिनु हो । अहिले वृद्धिदर पछाडि धकेलिएको अवस्था छ र त्यसपछिको अवस्था कस्तो हुने हो भन्ने कुराको अन्दाज गर्न गाह्रो छ । धेरै देश आर्थिक मन्दीतिर जाने अवस्था पनि देखिएको छ ।

Global Ime bank

विश्वको पुँजी बजारको अवस्था हेर्दा अमेरिकाको सूचांक मार्च १६ का दिन १२ प्रतिशतले घटेको छ । सो गिरावट धेरै प्रतिशतले बजार घटेको सूचीमा शीर्ष १५ मा छ । यसअघि २९ अक्टोबर १९८७ मा एकै दिन २० प्रतिशतभन्दा बढीले सूचांक घटेको थियो । जुन एकै दिन आएको सबैभन्दा ठूलो गिरावट हो । 

धितोपत्र बजार भनेको आशा र अपेक्षामा चल्ने बजार हो । यस्तो अवस्थामा राम्रा दिन आउने हो भने परिसूचक तल्लो विन्दुबाट १–२ प्रतिशत माथि जान सक्छ । अमेरिकी, युरोपेली र बेइजिङ स्टक मार्केटमा आएका सुधारका संकेत अल्पकालीन पनि हुन् सक्छन् । केही गतिविधिले आशावादी किरण देखाउन सक्छन् । तर, यसको प्रभाव तत्काल कति पर्छ भन्न सक्ने अवस्थामा संसारका कोही पनि अर्थशास्त्री छैनन् ।

कहाँबाट पुरानो अवस्थामा फर्किने हो भन्न सक्ने अवस्था छैन । जब साबिकको अवस्था आएर विश्वभरका बजार खुल्छ, त्यसपछि मात्रै एउटा अनुमान गर्न सकिन्छ । कोरोनाको संक्रमणबाट नर्मल अवस्थामा फर्कंदाको दिन कस्तो होला भनेर सबैजना पर्खेर बसेका छन् ।

लकडाउन र नेपालको पुँजीबजार
नेपालको पुँजीबजार अझै पनि केही सीमित व्यक्तिको हातमा छ । राज्यले पनि उनीहरूलाई संरक्षण गरिरहेको छ । अर्कातर्फ राज्यबाट पुँजीबजार आवश्यकता महसुस भएको अवस्था देखिएको छैन । राज्यबाट पुँजीबजारले महत्त्व पाएको रहेनछ भन्ने कुरा अहिले बन्द भएको बजारले नै देखाउँछ । यसलाई न्यूनतम आवश्यकताका रूपमा पनि राज्यले हेरेको देखिएन । अन्य सेवालाई राज्यले पुँजीबजारलाई हेरेको रहेनछ । पुँजीबजारलाई बन्द गर्नुको अर्थ नेपाल र नेपालीका लागि आवश्यक महसुस नगरेको रहेछ । त्यसैले राज्यले बन्द गरिदियो ।

एक औपचारिक कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्षले विदेशी इन्डेक्सको कुरा गरेर ‘फलानो ठाउँमा यतिले बढ्यो यतिले घट्यो’ भन्दै हुनुहुन्थ्यो । उहाँले अमेरिकाको कुरा गर्नुभयो, त्यत्रो महामारीले छोपेको देशको कुरा गर्नुभयो ।

उहाँकै अनुसार त्यस्तो प्रभावित भएको देशमा पुँजीबजार चलेका छन् । उहाँ स्वयं कोरोना प्रभावित मुलुकको तथ्यांक प्रयोग गरेर घटबढको उदाहरण दिनुहुन्छ । तर, नेपालमा यसको प्रभाव यति मात्रामा प¥यो भन्न सक्नुहुन्छ ।

बजारै नखुलेका अवस्थामा पुँजी बजारका विश्लेषकहरूले अथवा बोर्डकै मान्छेके कारोनाको प्रभाव नेपालको पुँजीबजारमा के कति परेको छ भन्न पाएका छैनन् । बाहिरका बजार यति मात्राले घटबढ भयो, नेपालमा यस्तो छ भनेर हामी भोलिका दिन कुरा गर्न पाउँदैनौं ।

बजार बन्द भएकाले अध्यनन गर्ने क्रम पनि बन्द भएको छ । लगानीकर्ताकै मिलेमतो पो छ कि ! विश्वभरका सबै बजार ओरालो लागेका छन् भने नेपाली बजार पनि ओरालो लाग्ने पो हो कि । यसो भन्नुको मतलब लगानीकर्ताले त्यहाँबाट गुमाउँछन् । पुँजीबजारमा लगानीकर्ताले गुमाएको मन पराउने कुरै भएन, यस्तो अवस्थामा ‘बजारै बन्द गरौं’ यो ठीक हो ?

लगानीकर्तालाई पनि कति ढुक्क ? कतिले गुमायौं भन्ने पनि थाहा भएन । गुमाएको थाहा नभएपछि बजारमा धेरै खेल्नु पनि परेर । उनीहरू सुरक्षित हुने भए, त्यसैले रोकिए । लगानीकर्ताको योजनामा नियामक निकाय पनि मिले ।

अहिले सबैलाई नेपाली सेयर बजारमा कोरोनाको प्रभाव परेन भन्ने लागेको छ । अर्कातर्फ उनीहरूमा कम मूल्यमा सेयर किनेर राखेको भए बढ्ने रहेछ र कमाउन सकिने रहेछ भन्ने अनुभूत उनीहरूलाई हुन थालेको छ । त्यसैलै उनीहरू बजार चलायमान हुने हो कि भनेर जुर्मुराउन थालेका पो हुन् कि ?

त्यसैले पनि बजारलाई निश्चित नियमभित्र रहेर चल्न दिनुपर्छ । धेरै घाटा हुन लागेको अवस्थामा सर्किट ब्रेकर लगाउन सकिन्छ । अर्थात् बजारलाई रोक्न पनि सकिन्छ ।

दोस्रो कुरा, हामीसँग प्रविधि छैन भनिएको छ । त्यसोभए त्यत्रो लगानी केका लागि गरेको ? जति बेला राम्रा दिन हुन्छन्, उनीले ‘हामीले यो गर्‍यौं, यहाँसम्म पुर्‍यायौं ।’ भनेर कराइरहेका हुन्छन् । उनीहरू अनलाइन सुरु गर्‍यौं भन्छन्, डीपी, आस्वाका कुरा गर्छन् । अहिले ती सबै लगानी कहाँ गए ? आईटीमा गरेको लगानीको हालत के भयो त ?

यस्तो आपतको अवस्थाका लागि भनेर कहाँ लगानी भयो ? त्यसैले यस्तो अवस्थाका लागि तयार भएर बस्न अझै एउटा ठाउँमा लगानी गर्नुपर्छ । त्यो हो, विपत्तिबाट पुनर्उत्थान गर्ने योजना चाहिएको छ ।

यदि राज्यले यो बजारलाई साँच्चिकै नेपालको विकास लागि संवाहकका रूपमा लिएको थियो भने विपत्तिबाट जोगिने प्लान पनि बनाएको हुन्थ्यो । उनीहरू आफैं पनि यो विषय अझै महसुस गर्न सकेका छैनन् । कानमा तेल हालेर सुतेका छन् । राम्रो दिन आउने कुरा गरेका छन्, तर नराम्रो दिनका लागि कहिल्यै तयार भएनन् ।

पुँजीबजार आर्थिक विकासका लागि पुँजी होल्ड गर्ने क्षेत्र हो । यस्तो बजार निरन्तर चल्नुपर्छ । यसले लगानीकर्तालाई तरलता प्रदान गर्छ । पुँजीबजारले खोजकर्तालाई समग्र अर्थतन्त्र कतातिर गइरहेको छ भन्ने दिशानिर्देश गर्छ । यो कुरा बुझ्नुपर्ने हो । बुझेकाले पनि व्यवहारमा उतारेका छैनन् । 
(नेपाल राष्ट्र बैकका पूर्वकार्यकारी निर्देशक भट्टसँग बाह्रखरीका विजय पराजुलीले गरेको कुराकानीका आधारमा)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC