site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यसरी भयो गोरखा ब्यारेक कब्जा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
– राजेश्वर देवकोटा
“कांग्रेस आयो ! कांग्रेस आयो !”
एक्कासि यस्तो आवाज सुनेपछि गोरखा ब्यारेकमा रहेका सिपाही आत्तिए । ‘काङ्ग्रेस आयो’ भन्ने होहल्लाकै बीच उनीहरूले देखे, जता हे¥यो उतै आफैँले चिनेका गाउँघरका मानिस छन् । सिपाहीहरू अलमलिए ।
सशस्त्र संघर्ष सुरु भएपछि मुलुकभर राजा त्रिभुवन र प्रजातन्त्रवादीहरूप्रति सहानुभूति र राणाहरूप्रति घृणाको भाव जागिरहेको थियो । मेरो कार्यक्षेत्र पाल्पा, भैरहवा आदि थियो । क्रान्तिका बेलामा भने म आफ्नै गृहजिल्ला गोरखा पुगेको थिएँ । मेरो साथमा कुनै हतियार थिएन । ००७ साल पुस २७ गते गाउँले जनसमूह भेला गरेर मैले गोरखा सदरमुकाममा रहेको आर्मी ब्यारेक घेराउ गरें ।
ब्यारेक घेर्ने वातावरण बनाउनुअघि मैले केही दिन गोरखामा भूमिगत रूपमै तयारी गरेको थिएँ । भोटो र मोटो कछाड लगाएर घुम्थें । मलाई काकाहरू उमानाथ देवकोटा र दुर्गाभक्त देवकोटाको साथ÷सहयोग रह्यो । म गोठालाको वेषमा गोरखाका डाँडाकाँडा घुमें । खाञ्चोकका गणेशराज वन्त, छोप्राकका पदमनारायण मल्ल, भोग्टेनीका शेषप्रसादको घर क्रान्तिकारीहरूको अखडा बन्यो । खोप्लाङ बजारका जनता पनि क्रान्तिमा होमिन उद्यत भए । गोरखाका रूपनारायण जोशीजस्ता जोसिला युवा पनि मलाई साथ दिन खोप्लाङ पुगे । सबै भेला भएपछि गोरखा जिल्लाका अड्डाखाना कब्जा गर्ने निर्णय भयो ।
आखिर हजारौं जनताको हुल अड्डा कब्जा गर्न भन्दै गोरखाको पोखरीथोक ओइरियो । क्रान्तिकारीहरूको हुललाई स्वागत गर्न बजारबाट वृद्धहरू पनि पस्लाङसम्म आएका थिए । अड्डाखाना (आर्मीको क्याम्प) जनताको हुलले घेरेको थियो । जनताको हुल आएको देखेपछि राणाका सेनाहरू आत्तिए । जनसमूहले कालो दौरा लगाएका सय जनाजति सिपाहीलाई कब्जामा लिए । पालो पहरा बसेका सिपाहीको साथमा भएको सामान्य भरुवा बन्दुक खोसे ।
तत्कालीन बडा हाकिम तनहुँका चन्द्रबहादुर क्षेत्रीलाई भने सबै कुरा थाहा थियो । उनी दोस्रो विश्वयुद्ध लडेर आएका । राजनीतिक माहोल कस्तो बन्दैछ भन्ने बुझेका । उनले कमान्ड गरेर भीड पन्छाउन सम्भव थिएन । उनीहरूकै सिपाही कृष्णबहादुर खड्कालाई पनि मैले आफ्नोतर्फ मिलाएको थिएँ । मेरो नेतृत्वमा क्रान्तिकारीहरूले गएर भाटाको लाठी तेस्र्याउँदै फटाफट बन्दुक खोसे, सिपाही र कर्मचारी सबैलाई थुनिदिए ।
त्यो बेलासम्म पाल्पा कब्जा भइसकेको थियो, पोखरा भने कब्जा हुन बाँकी थियो । गोरखा कब्जा भइसकेपछि त राणाहरूलाई लाग्यो, क्रान्तिको लपेटो काठमाडौंनजिक नै आयो । उनीहरू चिन्तित भए । तीन दिनपछि राणाहरूले गोरखाको शासन कमान्ड फेरि आफ्नो नियन्त्रणमा लिए ।
गोरखामा राणाहरूको संख्या पनि कम्ती थिएन । लखेटिएका राणा भए पनि उनीहरूको झुकाव राणा शासनप्रति नै थियो । गोरखा ब्यारेक कब्जा भएपछि हाम्रो रवाफ जाने भो भन्दै उनीहरू एकढिक्का भए । उनीहरू फेरि शक्तिशाली भए ।
भोलिपल्ट गोरखा ब्यारेकलाई राणाहरूले नै कब्जामा लिएपछि मलगायतका क्रान्तिकारीहरू भाग्नुपर्ने भयो । उम्केर जाने ठाउँ कतै थिएन । एक शुभेच्छुकले मलाई आफ्नो घरमा रहेको पराल राख्ने थारोमा परालभित्रै लुकाए र बाहिरबाट ढोका लगाए । शंका लागेर सिपाही खोज्दै त्यसै घरमा आए । परालको थारो खोतले । केही फेला पारेनन्, फर्केर गए । फेरि कसैले ‘त्यहीँभित्र लुकेको छ’ भन्ने सूचना दियो । सिपाही फेरि आए । परालको माथि–माथि हिँडे, बन्दुकको चुच्चोले घोचे । बन्दुकको चुच्चोले मलाई छोयोमात्र, घोच्न भ्याएन । सिपाहीहरू हामीलाई फेला नपारेपछि फर्केर गए ।
राति भएपछि घरका मान्छेले ढोसा (मोटो मोटो रोटो) ल्याएर दिँदै भने, “यो खानूस् र भाग्नूस् ।”
मैले त्यो ठाउँ पहिलो पटक देखेको थिएँ । कता भाग्ने ? जताततै सिपाही, गौंँडा–गौँडामा ढुकेर बसेका । जाडोको महिना थियो । ठाउँ–ठाउँमा आगो तापेर बसेका सिपाहीलाई छलेर भाग्नु जोखिमपूर्ण थियो । मेरा धेरै साथी पक्राउ परिसकेका थिए ।
भाग्नु त प¥यो तर कहाँ भाग्ने ? पानी तल बग्छ भन्ने थाहा छ । बाटो केही थाहा छैन । म र साथीले खोलैखोला जाने निधो ग¥यौं । पाखा–पाखामा सिपाही तैनाथ भएकाले तलतिर सोझिने योजना बन्यो । हामी ओरालो झर्दै ‘खोलखोले’ नामक खोलामा पस्यौं । खोलालाई पछ्याउँदै गएपछि अन्ततः तल दरौँदी नदीसम्म पुग्न सकिने ठम्याइ सही थियो हाम्रो ।
गोडामा जुत्ता थिएन । जुत्ता हरायो, जाडो पनि हरायो । हिउँदे खोलामा खासै पानी थिएन । मध्यरातमा खोलैखोला हिँडेर दरौँदीमा पानी मिसिनु अलि वरै छेप्रेटार नामक गाउँमा पुग्यौं । अब उज्यालो हुन धेरै बेर बाँकी थिएन । एउटा घरमा पुगेर आगो ताप्नुप¥यो भनेर जाँदा त्यहाँ पनि क्रान्तिकारीहरूकै कुरा भइरहेको, मेरै चर्चा भइरहेको । लौ, यहाँ त बस्न भएन भन्दै त्यहाँबाट पनि भाग्यौं ।
फेरि खोलखोले खोला भएर दरौँदीसम्म पुग्यौं । त्यसपछि भने मलाई दिशा थाहा थियो । बेंसी पुग्दा उज्यालो भइसकेको थियो । ‘पोखरा बेंसी’ भन्ने ठाउँमा एउटा गोठ थियो, त्यो गोठचाहिँ मसँगै भागेका काकाको जजमानको गोठ थियो । दिनभरि बस्ने र खाने व्यवस्था मिलाइयो । साँझ परेपछि बेंसी नजिकैको गाउँमा गएर लुक्यौं । अन्य हालखबर बुझ्न थाल्यौं ।
२००७ पुस २९ गते आकाशमा हवाईजहाज देखियो । हवाईजहाजले पर्चा खसाल्यो । एउटा पर्चा मेरो हातमा पनि प¥यो । त्यो त मोहन शमशेरको सम्बोधनको पर्चा रहेछ । त्यसमा युद्धविराम भएको, क्रान्ति रोकिएको सन्देश थियो । मोहन शमशेरको भाषण पढेपछि मैले थाहा पाएँ– राजा, कंग्रेस र राणाबीच दिल्लीमा सम्झौता भएछ ।
हामी यहाँ ज्यान खतरामा हालेर लड्दैछौँ, हाम्रा साथीलाई पक्रेर नेलमा हालेका छन्, कष्ट दिइरहेका छन् । उता दिल्लीमा कोइरालाहरूले राणासँग सम्झौता गरेछन् भन्ने लाग्यो । साथीहरू आक्रोशित भए । म पनि खिन्न भएँ । उता आन्दोलन रोकियो भन्ने खबर आइरहे पनि यता गाउँमा राणाका सिपाहीले क्रान्तिकारीहरूलाई झापड हानिरहेका थिए । हामी भूमिगत नै थियौँ । नेताहरूले यो के गरे ? मेरो मनमा चसक्क बिझ्यो ।
गोरखा कब्जा गर्ने क्रममा मैले मालपोतबाट २५ सय रुपैयाँ झिकेको थिएँ । त्यो पनि क्रान्तिकारीहरूलाई ठाउँ–ठाउँमा खटाउन लाग्ने खर्चका लागि । ममाथि पैसा लुटेका डाँकाहरू भनेर मुद्दा पनि चलाइयो । धेरै भागेर जोगिए । १०–१२ जना थुनिए । मेरो मनमा थुनिएका साथीहरूलाई लिएर हुटहुटी भयो । म फेरि गाउँ गएँ । जनसमुदायलाई भेला पारें । युद्धविराम भइसके पनि त्यसको खबर नआएकाले राजबन्दीलाई नेल हतकडी लगाएर राखिएको थियो । उनीहरूलाई छुटाउन म फेरि जनसमूहका साथ सदरमुकाम गएँ । बडा हाकिमले कफ्र्यु लगाएर किल्लाबन्दी गरेका रहेछन् । जनताको भीडले त्यो कफ्र्यु पनि तोडिदियो । माघको अन्त्यतिर म पक्राउ परें । मैले बडा हाकिमलाई भनें, “जे जति हानि–नोक्सानी भएको छ, त्यसको जिम्मेवारी म लिन्छु । मेरा साथीहरूलाई छाड्नू ।”
मैले कफ्र्यु तोडेकाले थुनेर राखे, बाँकीलाई छाडियो । त्यसबेलासम्म बडा हाकिमले नयाँ परिस्थितिबारे अलिअलि चाल पाइसकेकाले धेरै कडा रूपमा प्रस्तुत भएनन् । नेल हालेर राखिएकालाई पनि कागज गराएर मेरै सामुन्ने पालैपालो नेल काट्दै मुक्त गरियो ।
त्यो बेला काठमाडौंबाट खम्बा–खम्बामा तार जोडेर पाल्पासम्म टेलिफोन लाइन पु¥याइसकिएको थियो । गोरखामा पनि फोन पुगिसकेको थियो । फोन कहिले लाग्थ्यो, कहिले लाग्दैनथ्यो । 
एकदिन बीपी कोइरालासँग मेरो फोन सम्पर्क भयो । त्यसबेला मुलुकमा प्रजातन्त्र आएर बीपी गृहमन्त्री भइसकेका रहेछन् । बीपीले ‘ल अब प्रजातन्त्र आयो, सबैलाई छाडिदिन्छु’ भने । अनि बडाहाकिमलाई आवश्यक निर्देशन पनि दिए ।
२००७ साल फागुन ७ गते राजा त्रिभुवनबाट प्रजातन्त्रको घोषणा भएको सूचना आधिकारिक च्यानलबाट पाएपछि बडा हाकिमले मलाई रिहा गरिदिए ।
 
(घोस्ट राइटिङ नेपाल प्रालिद्वारा प्रकाशित तथा कुसुम भट्टराईद्वारा लिखित पुस्तक ‘विद्रोही’बाट लिइएको अंश । यसलाई हामीले प्रथम पुरुष शैलीमा प्रस्तुत गरेका छौं ।)
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २२, २०७३  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC