site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
‘रमाउँदै लकडाउनको सदुपयोग गरौं’

काठमाडौं । हाम्रो वार्षिक परीक्षा कोरोनाको त्राससँगै सकियो । त्यसपछिको छुट्टीलाई रमाइलोसँग बिताउन मामाघर जाने निधो भयो । म पनि गएँ । म मामाघर आएको दुई दिनपछि कोरोनाको माहामारी नफैलियोस् भनेर सरकारले पनि बन्दाबन्दी (लकडाउन) को घोषण गर्यो । अहिले म मामाघरमै बसिरहेकी छु । 
यही बन्दाबन्दीमा मलाई कोरोना के हो ? किन भयो बन्दाबन्दी ? र यो समयलाई बालबालिकाहरूले कसरी उपलब्धिमूलक र मनोरञ्जनमय बनाउन सकिन्छ भन्ने लेख्न मन लाग्यो ।

के हो कोरोना ?
कोरोना एक सूक्ष्म भाइरस हो । यो सर्वप्रथम चीनको वुहानमा देखिएको हो । यसले विश्वलाई नै घरभित्र थुनेर एक त्रासपूर्ण जिन्दगी बिताउन बाध्य बनाएको छ । यसलाई विश्व स्वास्थ्य संगठनले कोभिड १९ को नाम दिएको हो ।

किन भयो बन्दाबन्दी (लकडाउन) ?
कोभिड १९ नयाँ हुनुका साथै सरुवा पनि छ । यसको एन्टी भाइरस मेडिकल औषधि अहिलेसम्म पनि पत्ता लागेको छैन । रोगले महामारीको रूप नलियोस् भन्नकै लागि सरकारले लकडाउन घोषणा गरेको हो । अहिले विश्व नै लकडाउनको अवस्थामा छ । संक्रमणको शंका लागेको व्यक्तिलाई सुरक्षित रहन क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

Agni Group

यस्तो अवस्थामा हामीले के गर्न सक्छौं ?
घरभित्रै बसेको अवस्था र सामाजिक दूरी कायम गर्न हामीले लकडाउन पालना गरी बसेका छौं । यस्तोमा हामी बालबालिकाले पनि गर्नसक्ने उपलब्धिमूलक काम धेरै हुन सक्छ । मैले मामाकी छोरी (मेरी बहिनी) लाई पटक–पटक साबुनपानीले हात धुनुपर्छ भन्ने सिकाउँछु । आफूले पनि पटक–पटक मिचिमिची हात धुने गर्छु । यसरी हातमा भएको फोहोर जानुका साथै संक्रमण हुनबाट जोगाउँछ । 

कहिले–काहीं गीत बजाएर नाच्ने गर्छौं । यसरी मैले सानी बहिनीलाई खेलाएर माइजूलाई काम गर्न सहज बनाइदिन्छु । 

Global Ime bank

यस्तै हामीले आफ्नो उमेरअनुसार घरको काममा पनि सघाउन सक्छौं । जस्तै– फूलहरूमा पानी राख्ने, कुचो लगाउने, आफ्नो कोठा मिलाउने, दराजमा लुगा पट्याएर राख्ने, आफ्ना कपडा धुने, खानेपानीका बोतल सफा गर्ने, पानी भर्ने, सजिलो लाग्ने खाना बनाउनेलगायत काममा सहभागी हुन सकिन्छ । हामीले फुर्सदको समय भनेर यत्तिकै बस्नुभन्दा पनि अलिअलि काम गरे अभिभावकलाई सहज हुन्छ । 

हामीहरू फेसबुक, टिकटक, इन्स्टा, यु–ट्युबजस्ता सामाजिक सञ्जालमा धेरै भुल्नु हुँदैन । यसको उचित प्रयोग गर्नुपर्छ । यसलाई हेर्ने लत भने बसाल्नु हुँदैन । हामीले गुगल, यु–ट्युबजस्ता साइटहरूबाट हामीले विभिन्न प्रश्नको जवाफ पाउन सक्छौं । अझ अंग्रेजीको भाषा सुधार्न मन भए यु–ट्युब हाम्रा लागि सहयोगी बन्न सक्छ । त्यस्तै भिडियोहरू हेरेर योग, ध्यान, विभिन्न किसिमका शारीरिक व्यायमहरू गरी शरीर फुर्तिलो बनाउन सकिन्छ । यस्तै आफूले पढ्ने कक्षाका शैक्षिक सामग्री खोजी–खोजी पढ्ने र आफूलाई पढाइमा पनि अब्बल राख्न सकिन्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा यो खाली समयमा हामी आफ्ना अभिभावकहरूसँग उहाँले पहिले भोगेका कुरा, पुराना थुप्रै विषयमा छलफल गरी थप ज्ञान आर्जनसमेत गर्न सक्छौं । परिवारका सदस्यहरू मिलेर खेल खेल्ने, रमाइलो गर्ने पनि अवसर हामीसँग छ । यस्तै आफूलाई मन पर्ने लेखकको कथा, कविता, निबन्धका किताबहरू पढ्ने, ज्ञानवर्द्धक चलचित्र हेर्न सकिन्छ । जसले सबै परिवारमा खुसीको माहोल बन्छ ।

मैले पनि यो बन्दाबन्दीलाई रमाइलोसँग सदुपयोग गरेर बसेकी छु । आशा छ साथीहरू पनि विभिन्न काम गरेर बन्दाबन्दीको समयलाई उपलब्धिमूलक बनाएर बस्नुभएको होला भन्ने लागेको छ ।
सबै स्वास्थ्य रहनुहोला, सुरक्षित घरभित्रै बस्नुहोला ।

कक्षा : ९
मेरिडियन इन्टरनेसनल स्कुल बालुवाटार

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC