site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकी प्रभुत्वपछिको संसार 

अमेरिकी प्रभुत्व समाप्त भएपछिको पहिलो विश्वव्यापी समस्यासँग संसार जुधिरहेको छ । कोभिड–१९ को असरले आउँदा धेरै वर्षसम्म संसारको आकृतिमा परिवर्तन भइरहनेछ । 

बीसौं शताब्दीको ठूलो हिस्सा अमेरिकाले विश्वव्यापी समस्या समाधानका लागि सधैं अघि बढेर एक प्रकारको नेतृत्वदायी भूमिका खेलेको थियो । कुनै बेला अमेरिकाले खेलेको यस्तो भूमिकाको स्वागत भएको थियो भने कुनै बेला खासै थिएन र सधैँ अमेरिकाले चाहेजस्तो नतिजा पनि प्राप्त भएको थिएन । तर, संसारको नेतृत्व गर्नुपर्छ भन्ने अमेरिकाको मूलभूत सोच भने सधैँ स्पष्ट देखिन्थ्यो । यो तथ्य राम्रो वा नराम्रो जे भए पनि बाँकी विश्वले अमेरिकाको नेतृत्वदायी भूमिकासँगै बाँच्न सिकेको थियो । 

डोनाल्ड ट्रम्प ह्वाइट हाउस (अमेरिकी राष्ट्रपति निवास)मा आएपछि अमेरिकाको नेतृत्वदायी भूमिका समाप्त भएको हो । बाराक ओबामाको समयदेखि नै अमेरिकाले विश्वव्यापीरुपमा आफूले गर्ने सहयोगको वाचा घटाउन सुरु गरिसकेको थियो । अमेरिकाले संसारका सबै समस्या समाधानका लागि आफूसँग स्रोत र साधन नभएको जनाउन थालेको थियो । यद्यपि, कतिपय समयमा अमेरिकाले पछाडि बसेर पनि नेतृत्वदायी भूमिकामा थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

ओबामाको शासनकालमा आन्तरिक बाध्यताले भूमिका केही कम हुनसक्ने सोच ट्रम्पको समयमा निर्विवाद र अत्यन्त ठूलो घोषणासहितको सिद्धान्त बन्यो । विश्वमा अमेरिकाको भूमिकाका विषयमा ट्रम्पले राष्ट्रपतिको चुनावी सभामा घोषणा गरेका विषयहरूलाई बदला लिए सरह लागू गर्दै गएका छन् । गएको तीन वर्षमा “अमेरिका पहिला र बाँकी सबै एक्लै” भन्ने सन्देश ह्वाइट हाउसबाट सशक्तरुपमा बाहिरिएको छ । 

यस परिवर्तनको वास्तविक व्यावहारिक असर स्पष्ट देखिएको छ । सन् २०१४ मा इबोला रोग पश्चिम अफ्रिकाबाट सुरु भएर विश्वव्यापी महामारीको रुपमा देखिने अवस्थामा पुगिससको थियो । तर, ओबामा सरकारले सही समयमा यसको विरुद्ध कदम चाल्यो । विश्व स्वास्थ्य संगठनसँग निकटतम सम्पर्कमा बसेर अमेरिकाले इबोलाविरुद्ध विश्वव्यापी प्रतिकार्य सिर्जना गर्‍यो र यस रोगलाई नियन्त्रण गर्न सफलता प्राप्त भयो । त्यसबेला कसैको दिमागमा पनि इबोलालाई “अफ्रिकी भाइरस” भन्ने वा विश्व स्वास्थ्य संगठनलाई गैरजिम्मेवार र आपराधिक कार्य गरेको आरोप लगाउने सोच आएन । 

Global Ime bank

त्यसै बेलादेखि, विश्वव्यापी सहकार्यको मर्ममा एकोहोरो प्रहार भएको छ । ट्रम्पको नेतृत्वमा अमेरिकाले चीन तथा आफ्नै सहयोगी देशका विरुद्ध व्यापार युद्ध सुरु गर्‍यो र महत्त्वपूर्ण सम्झौता र सहमतिबाट बाहिरियो, उदाहरणका लागि पेरिस वातावारणीय सम्झौता – २०१५ तथा इरानसँगको आणविक सम्झौता । केही वर्षदेखि डिजिटल अर्थतन्त्रको नियन्त्रण कसले गर्ने भन्ने विषयमा पनि द्विपक्षीय संघर्ष चुलिँदै गएको छ । 

अहिले देखिएको तनावका कारण संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् कोभिड–१९को विषयबाट रुपमा पन्छिएर बसेको देखिन्छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्टेरेसले क्रियाशीलताका लागि आह्वान त गरेका छन् तर अमेरिका र रसिया दुवै विस्तारै खुट्टा झिक्दैछन् र बाँकी सुरक्षा परिषद यस विषयमा मौन रहेको छ । कतिले जी – ट्वेन्टी समूहले सन् २००८ पछिको वित्तीय संकटको समयमा खेलेको भूमिकाको अपेक्षा गरेका होलान् तर बुझ्नुपर्ने के छ भने अहिले यो समूहको नेतृत्व साउदी अरेबियाले गर्दैछ । अर्थात्, यस देशका अस्थिर युवा युवराज मोहम्मद बिन सलमानको हातमा नेतृत्व पुगेको छ । 

यस्तो अवस्थामा चीनले अर्काको जिम्मेवारी निर्वाह गर्ने सोच देखाएको छ । चीनले मौखिकरुपमा अन्तर्राष्ट्रिय व्यवस्था सशक्त बनाउने सान्त्वना दिए पनि मूलतः आफ्नो द्विपक्षीय सम्बन्ध विस्तारको कार्य गर्दैछ । मास्क आदि जनस्वास्थ्य सामग्री सहयोग गर्दा पनि चीनले प्राप्तगर्ने सरकारबाटै औपचारिकरुपमा धन्यवाद चाहने, आफ्नो देशको झण्डा देखिनुपर्ने जस्ता सर्त राख्छ । यस्तो सहयोगलाई प्रशंसा त गर्नुपर्छ तर यसमा सँगसँगै चीनको भित्री स्वार्थ पनि स्पष्ट झल्किन्छ । 

साथै चीनले चाहेको भए वुहानमा कोभिड–१९को प्रभाव देखिनेबित्तिकै यसलाई नियन्त्रण गर्न धेरै काम गर्न सक्थ्यो भन्ने पनि स्पष्ट देखिन्छ । यस्तो असफलताका लागि चिनियाँ सरकारलाई गरिएको आलोचनालाई अनुचित भन्न मिल्दैन । साथै यही समस्यालाई ताइवानले गरेको सही व्यवस्थापन पनि सबैको नजरमा परेको छ ।  

अब केही समयमा कुन देशले कोभिड–१९को समस्यासँग लड्न कुन देशले, कुन नेताले तथा कुन अन्तर्राष्ट्रिय संगठनले कस्तो भूमिका खेल्यो भन्ने विषयमा खुला र निर्मम छलफल हुनेछ । गर्नुपर्ने जति नगर्ने देशमा चीन एउटै मात्र छैन । शवपरीक्षण गर्दा त कुनै घटना सकिएपछि के के भयो भन्ने कुरा पनि आउँछ ।  तर, अहिले त उपलब्ध सम्पूर्ण स्रोत र साधन प्रयोग गरेर यो महामारीविरुद्धमा लडनु पर्छ । यस रोगको केन्द्र चीनको वुहानबाट युरोप हुँदै अमेरिका सरेको हेर्दा त समस्या समाधान भयो भन्न सकिँदैन । 

अरु जेहोस्, अन्तर्राष्ट्रिय स्तरमा सशक्त कदम चालिएन भने इन्डोनेसिया, पाकिस्तान, इजिप्ट, नाइजेरिया, ब्राजिलजस्ता अत्यन्त धेरै जनघनत्व भएका देशमा महामारीको अवस्था कस्तो होला ? अमेरिकाले आफ्नो जिम्मेवारी छाडेको  र चीनको विश्वसनीयतामा असर परेको कारणले एउटा सशक्त नेतृत्वले जिम्मेवारी लिएर विश्व स्वास्थ्य संगठनजस्तो संस्थालाई प्रयोग गरी विश्वभर परिचालन गर्नुपर्छ । महामारी भनेको जंगलको डढेलो जस्तो हो आगो पूरै निभाउन नसकुन्जेल कताबाट फेरि फैलने हो भनेर अनुमान गर्न पनि सकिँदैन । 

के युरोपियन युनियनले जिम्मेवारी वहन गर्नसक्ला त ? कि यो आफ्नै समस्यामा रुमल्लिएको छ ? के कुनै नयाँ प्रकारको गठबन्धन बनेर विश्वव्यापी नेतृत्वको कार्य अघि बढ्न सक्ला ? कि अन्तर्राष्ट्रिय व्यवस्था बहुध्रुवीय शक्ति संघर्षको अस्तव्यस्तता कायमै रहेर वास्तविक अन्तर्राष्ट्रिय खेलाडी चाहिँ ज्यानमारा भाइरस हुने हो ? अमेरिकी प्रभुत्वपछिको संसारमा यी प्रश्नहरू सोधिनु आवश्यक भएको छ । 

(स्वेडनका पूर्वप्रधानमन्त्री तथा विदेशमन्त्री)
Copyright: Project Syndicate, 2020.
www.project-syndicate.org


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC