site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीको संसद पाल टाँगेर चलाउने कि सिटी हलमा ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । लगातार ६ वटा संसद बैठक विविध कारणले स्थगित भएपछि गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन कहिले सकिन्छ भन्नेमा अन्योल छ । गतवर्ष अहिलेको मितिभन्दा एकसाता अघि नै सरकारको सिफारिसमा सभामुखले अधिवेशन अन्त्य गरिसकेका थिए ।

तर, चालु आर्थिक वर्षको हिउँदे अधिवेशन गण्डकीमा सुरुदेखि नै प्रभावित बन्यो । पुस २३ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन सुरुवाती एक दुई दिन बैठक सुचारु भयो । त्यसपछि राष्ट्रियसभा निर्वाचनका कारण माघको तेस्रो साता मात्रै सभामुख नेत्रनाथ अधिकारीले बैठकको मिति तय गरे ।

केही विधेयक पारित गर्ने र गतसाल जस्तै हिउँदै अधिवेशन टुंग्याउने मनसायमा सभामुख रहे तापनि राष्ट्रियसभा निर्वाचन यता गण्डकी प्रदेशसभा अवरुद्ध जस्तै भयो । प्रदेशसभा स्थापनाका दुई वर्ष पूरा हुँदासम्म लगातार छवटा बैठक स्थगित हुनु यहाँका लागि आफै रेकर्डब्रेक हो ।

KFC Island Ad
NIC Asia

मुख्यतः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न १४ वटा माग राख्दै सदन अवरुद्ध गर्‍यो । सरकार प्रमुखले मागको सम्बोधन गरेमात्रै सदन खोल्न दिने अन्यथा अनिश्चितकालसम्म सदन स्थगित गर्ने मनसायमा कांग्रेस थियो ।

छ वटासम्म बैठक अवरुद्ध भएपछि सभामुखले सदन खुलाउन दुवै पक्षसँग निरन्तर संवाद पनि गरे । तर, बिना निष्कर्ष टुंगिएका छलफलल निकास पाउन सकेनन् । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसले पत्रकार सम्मेलन गरेर सरकारको बचाउ र आरोप लगाए ।

अन्तिम पटक चैत ६ गते मिति तोकिएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित छ । त्यसयता कोरोना महामारी र लकडाउनका कारण सदन अब कहिले भन्ने अझै निश्चित छैन ।

अर्कातर्फ, सरकारले भने बजेटको थालनी गरिसकेको छ । सरकारले संघीयता विज्ञ डा. खिमलाल देवकोटासँग एकपटक भर्चुअल बैठक पनि गरिसकेको छ । संघ सरकारले बजेटको सिलिङ पठाएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिएका छन् ।

अवरुद्ध सदन खुलाउने, अन्त्य गर्ने र बजेट अधिवेशनको थालनी गर्ने बारेमा सभामुख नेत्रनाथ अधिकारीले विभिन्न विकल्पमाथिको छलफल थालेका छन् । टेलिफोन संवादमा सभामुख अधिकारीले अहिलेकै अवस्थामा हिउँदे अधिवेशन नरोक्ने पनि स्पष्ट पारे ।

प्रदेशसभा बैठक डाक्ने, केही विधेयक पारित गर्ने र हिउँदे अधिवेशन अन्त्यको घोषणा गर्ने मनःस्थिति सभामुखको छ । तर, कोरोनाका कारण सिर्जित परिस्थिति, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका कारण प्रदेशसभाको अहिलेकै हलमा संसद चलाउने मनस्थिति पनि सभामुखको छैन ।

यसको विकल्पमा भर्चुअल संसदबारे पनि छलफल भइरहेको छ । सभामुख भन्छन्, “हाम्रो पहिला हिउँदे अधिवेशन सुरु गरेर अनि त्यसलाई अन्त्य गरेर वर्षे अधिवेशन सुरु हुनेछ । भर्चुअल संसदको बारेमा पनि छलफल भइरहेको छ ।” तर, के गर्ने भन्ने निर्णयमा भने उनी पुगिसकेका छैनन् ।

भर्चुअल बैठकको अलावा सामाजिक दूरी पनि कायम राख्न पुग्ने गरी ठूलो स्पेसमा सदन चलाउने विकल्पको बारेमा पनि सोचेको उनले बताए । पोखराको ‘सिटी हल’ लाई सो विकल्पमा राखिएको छ । यसबाहेक, पाल टाँगेरै बैठक चलाउने बारेमा पनि सभामुखले अर्को विकल्प खोजेका छन् । तर, टुंगो भने लागेको छैन ।

“सिटी हलमा चलाउने कि पाल टाँग्ने कि, अथवा त्यहीँ चलाउने कि भन्ने भएको छ । अझै एकदुइ दिन यो लकडाउन हेरौँ, अनि त्यसपछि बोलाउनुपर्ला भन्ने हो । अहिले केही निर्णय चाहिँ भइसकेको छैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  २१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro