site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘सन्डे मर्निङ लभ यू’ ले ल्याएको नयाँ तरंग ...
Sarbottam CementSarbottam Cement

बोस्टन (अमेरिका)  । ब्रिटेन्स् गट ट्यालेन्ट (बीजीटी) ले सोमबार बिहान एउटा पोस्ट गर्यो फेसबुकमा, सन्डे मर्निङ लभ यू, यो कुरालाइ स्वीकार गर्नुहोस्, तपाईं अहिले पनि यो गीत गाइरहनुभएको छ, होइन त ? अघिल्लो दिन पनि भीम निरौलाको पर्फमेन्स रहेको भिडिओ बीजीटीको फेसबुक पेजमा पोस्ट गरिएको थियो । अहिले यो गीतले बेलायतीहरूको जिब्रो र मनमा एउटा रमाइलो संक्रमण गरिरहेको छ । यो रमाइलो संक्रमणले नेपालीहरूलाई भने यो गीत पुनः सम्झाइदिएको छ । र, युनाइटेड किङडमको चर्चित शोमा एक नेपाली अर्को राउन्डमा पुगेको रोमाञ्चकता पनि ।

संसारभर भौतिक भाइरसको त्रास बढिरहेकै बेला निरौलाको गीत भने इन्टरनेटमा भाइरसको वृद्धिजसरी फैलिँदै छ । तर त्यसले मानिसहरूलाई एकछिनको रमाइलो पनि प्रदान गरिरहेको छ । प्रस्तुतिलगत्तै निर्णायकमध्येकी एक अलिसा डिक्सनले भनिन्, “उनले एउटा हिट रेकर्ड बनाए, वास्तवमा मलाई लाग्यो यसको धुन मीठो थियो । यो राम्रो थियो ।”

त्यसैगरी अर्का निर्णायक विलियम्सले थपे, “ब्रिटिस पब्लिकले तिमीलाई हरेक दिन माया गर्नेछन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

उक्त पोस्टमा विदेशी नाम भएका व्यक्तिहरूले ती पोस्टका थ्रेडमा गरेका प्रतिक्रियाहरू निकै रोचक थिए । भीमलाई पनि उनका विदेशी स्रोताहरूले रमाइलो, स्पष्ट मनोरञ्जन, भनेर प्रतिक्रिया दिएको बाह्रखरीलाई बताए । नकारात्मकभन्दा सकारात्मक प्रतिक्रियाहरू बढी छन् । बन्दाबन्दी र सामाजिक दूरीका बेला निरौलाको गीतलाई मनोरञ्जनात्मक र हास्यप्रधान गीत भन्दै तारिफ गरेका छन् । 

“६ वर्षअगाडि यो गीत धेरैजसो नेपाली र दक्षिण एसियाली दर्शकमा भाइरल भएको थियो । ब्रिटेन्स् गट ट्यालेन्टमा गइसकेपछि यो गीतको चर्चाले अर्को उचाइ छोएको छ । यसको चर्चामा अर्को तल्ला थपियो,” गायक निरौला भन्छन्, “यसले मलाई प्रोफेसनल लेभलमा पुर्यायो ।” 

Global Ime bank

६ वर्षअगाडि निरौलाले सन्डे मर्निङ लभ यू भन्ने गीत यु–ट्युबमा हाल्दा सुरुमा धेरैले खिस्याएका थिए । तर उनी अहिले यूकेको ब्रिटेन्स् गट ट्यालेन्टको अर्को सेमिफाइनलको चरणमा पुगेका छन् । चारजना निर्णायकमध्ये तीनजनाले निरौलालाई हौस्याए । उनले स्टेजमा दिएको प्रस्तुतिलाई रमाइलो मानेर त्यसमा झुमे । 

जसै भीम मञ्चमा गीत गाउन थाले । गाउन थालेको केही समयमैं निर्णायकमध्ये टफ मानिएका साइमनले घन्टी (बर्जर) बजाए । अस्वीकृतिको त्यो घन्टीले भीमलाई तत्काल नरमाइलो लाग्यो । “म एकैछिन त नर्भस भएँ,” भीमले भने, “तर अरू तीनै निर्णायक गीतमा नाचिरहेका र दर्शकले पनि हौस्याइरहेको दृष्यले ममा उत्साह बढ्यो ।” 
एकजना निर्णायकले मात्रै बर्जर थिचेकाले उनलाई शो अगाडि बढ्नैपर्छ जस्तो लाग्यो । 

“चारैजनाले त्यस्तो अस्वीकृतिको बर्जर बजाएको भए त मैले निर्देशनअनुसार बन्द गर्नैपर्ने हुन्थ्यो,” भीमले भने । उनले उक्त प्रस्तुतिमा पत्नी हिमा, कान्छा छोरा अभिषेक र सालो रविन सापकोटालाई लिएर गएका थिए । 

छोराले ‘ओ सेलिब्रिटी’ भन्छ

भीमको चर्चा र भ्युजले उनको परिवार पनि खुसी छ । जसरी सन् २०१४ मा यो गीत नेपाली र दक्षिण एसियालीमाझ हिट भएको थियो त्यसैगरी ब्रिटेनमा पनि उनको यो गीत शोपछि हिट भएको निरौलाले बताए । “शोमा मैले गाएको अपलोड गरिएपछि त रातारात सप्राइज भएँ,” भीमले उत्साह साटे, “यसले नयाँ तरंग ल्यायो । अझ बीजीटीमा उनको पर्फमेन्सले त उनका छोराहरूले भीमलाई ‘ओ सेलिब्रिटी’ भनेर बोलाउँछन् ।

अर्को राउन्डमा भोटिङ

अर्को शोका लागि निरौला निकै उत्साही बनेका छन् । उक्त शोको डिपार्टमेन्टले निरौलालाई सन्डे मर्निङ लभ यू नै स्टेजमा गाउने सुझाव दिएका छन् । निरौलाले भने, “त्यो शो निकै भव्य हुने छ जसमा धेरै डान्सरको सहभागिता पनि हुनेछ । त्यसमा अरू पनि रोचक कुरा हुनेछन् । त्यसका लागि पर्खनुहोस् ।”

बीजीटीको अर्को राउन्डमा निरौला प्रवेश गरेका छन् जसमा दर्शकले उनलाई भोटिङ गर्न पाउँछन् । कोभिड १९ का कारण उक्त शोका थप गतिविधि अहिले अगाडि बढ्न नसकेको निरौलाले बताए । 

रमाइला अनुभव

बीजीटीको शो सकेर प्याडिंगटनबाट ट्रेन चढेर रिडिंग जाँदै थिए निरौलाको परिवार । “केही केटाकेटीले मलाई चिनिहालेछन्,” निरौलाले भने, “त्यसपछि त उनीहरूले पनि ट्रेनमा सन्डे मर्निङ लभ यू भन्ने गीत गाउन थालिहाले ।” सन्डे मर्निङ लभ यू भन्ने गीत यु–ट्युबमा भाइरल भएर लाखौंले हेरेपछि नेपालीहरूले त उनलाई बाहिर भेट्दा बोलाउने वा कुरा गर्न खोज्ने सामान्य नै भइहाल्यो । 

उनलाई दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान आदि देशका मान्छेले पनि कहिलेकाहीं बाटोमा देखे भने बोलाउने र प्रतिक्रिया दिने गरेका छन् । 

अर्को एउटा रमाइलो प्रसंग निरौलाले बाह्रखरीलाई सुनाए । उनी व्यवस्थापकका रूपमा काम गर्ने होटलमा एक पाहुनाको कोठामा हिटर चलेन भनेर उनलाई बोलाइयो । “इन्डियन—अस्ट्रेलियन ती गेस्टले मलाई सोधे, डु यू ह्याव एनी सङ इन यु–ट्युब (के तपाईंको कुनै गीत यु–ट्युबमा छ)” निरौलाले भने, “अनि मैले सन्डे मर्निङ लभ यू को कुरा गरेको हो ? भनेर सोधें । उनले हो भनेपछि ती पाहुनाले उनको त्यो गीतको फ्यान उनकी पत्नी र आमा रहेको बताए । उनले मलाई हात मिलाएर आत्मीयता प्रकट गरे ।”

प्रवासको जीवन 

पत्नी र दुई छोराको साथमा दक्षिणी इङ्ल्यान्डको रिडिंग सहरमा बस्दै आएका निरौला यूके बस्न थालेको १४ वर्ष भयो । त्यसअघि उनी बेल्जियम बस्थे । पूर्णकालीन पेसाका रूपमा एउटा होटलमा म्यानेजरका रूपमा कार्यरत निरौलाले फुर्सदको समय संगीतमा दिने गरेका छन् । उनले रिडिंग कलेज र युनिभर्सिटी अफ वेस्ट लन्डनबाट संगीतसम्बन्धी अध्ययन गरेको बताए । निरौला धनकुटाको भिरगाउँमा जन्मिएका हुन् ।

कोभिड १९ मा निरौलाको सन्देश

कोभिड १९ ले गर्दा जताततै डर त्रासको वातावरण भएको र बाहिर निस्कन नहुने स्थितिको चर्चा गर्दै थिए निरौला । उनले मनस्थिति दरिलो बनाएर र सतर्कता अपनाउन सबैलाई आग्रह गरे । “फुटबल ग्राउन्ड, क्याफे, सार्वजनिकस्थान सबै बन्द छन्,” निरौलाले भने, “सजिलो उपाय भनेको संगीत सुन्नुहोस्, अझ सन्डे मर्निङ सुनेर मज्जा लिनुहोस् ।” उनले आगामी सेमिफाइनलमा भोट गरिदिन देश–विदेश बसेका सबै नेपालीलाई आग्रह गरे । 

कतिपयले सन्डे मर्निङ लभ यू भन्ने गीत धेरै नै सरल भएकाले बच्चाहरूले गाउने गीतमा समावेश गर्नुपर्ने बताएका छन् । 

यसैवीच ट्विटरमा भने अहिले एउटा प्यारोडी नै बनाएछन् साना नानीहरूले 
सन्डे मर्निङ लकडाउन
मन्डे मर्निङ लकडाउन
आइ वाना गो आउट एभ्रिडे । 
क्यान आई गो ब्याक टु स्कुल ब्याक टु स्कुल 
आई रियल्ली मिस माई फ्रेन्ड मिस माई फ्रेन्ड...

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC