site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यौनिक होइन, यौन शोषणविरुद्ध लेख्छु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नेपाली सेनाको उच्च तहबाट अवकाशप्राप्त राजेन्द्र थापाको चिनारी गीतकारबाट उपन्यासकारसम्म तन्कियो । अरुणा लामाले गाएको सर्वकालीन चर्चित गीत ‘पोहोर साल खुसी फाट्यो’ लेख्ने यी ‘तन्नेरी’का पछिल्ला दुई उपन्यास ‘खेलौना’ र ‘द्रौपदी’ले नेपाली साहित्य बजार तात्यो । यी पुस्तकका पक्ष–विपक्षी तर्कले साहित्य बजार अहिले पनि सेलाइसकेको छैन । यिनै पुस्तक र थापाको लेखनीलाई लिएर उनीमाथि बेलाबखत लागिरहने आरोप संकलन गरेर सोधेका छौं । नयाँ उपन्यास ‘शकुनी’को अन्तिम तयारीमा रहेका थापाले बाह्रखरीको कार्यालयमा आएर भने, “क्या दामी भो गीत कसैले लेख्न सक्दैन, लेखेर देखाओस् न– चुनौती दिन्छु ।”
 
‘खेलौना’ लेखेपछि तपाईंलाई मान्छेहरूले ‘पोहोर साल खुसी फाट्दा’जस्तो सदावहार गीत झुक्किएर लेखेको रहेछ भन्ने टिप्पणी गरे ! के भन्नुहुन्छ ?
मान्छे बनाउने भगवान्ले झुक्किएर भुसुना बनाएछन् कि भनेजस्तै हो यो कुरा । भुसुना पनि पूर्ण हुन्छ, मान्छे पनि पूर्ण हुन्छ । राजा पूर्ण हुन्छ भने वेश्या पनि पूर्ण हुन्छे । हामी साहित्यकारहरूले बाघको कथा लेख्दा बाघकै लेख्नुपर्छ, स्यालको कथा लेख्दा स्यालकै लेख्नुपर्छ । ‘खेलौना’ त्यस्तो पुस्तक हो, अब त्यस्तो पुस्तक म पनि लेख्न सक्दिनँ । ‘पोहोर साल खुसी फाट्दा’ स्रोतालाई मात्रै लेखिएको हो । तर, ‘खेलौना’ भने जीवनसँग सम्बन्धित छ । एउटा महिलाको विद्रोह हो यो । स्मिताले पनि नबोलेको भए हुन्थ्यो तर उनी बोलिन् । उनीमाथि शोषण भइरहेको थियो, यौन हिंसा भइरहेको थियो । महिलाले भोगेको यथार्थ कथा हो यो । आफ्नो दिमागमा महिलाको योनि भएकाहरू जो महिलामाथि शोषण गरिरहेका थिए, तिनीहरूले नै यो पुस्तकको विरोध गरेका हुन् । किताब निस्किएको एक हप्तामै त्रिभुवन विश्वविद्यालयले थेसिसका लागि आफैँले प्रस्ताव ग¥यो । विरोधका लागि विरोध गर्नेहरूको टिप्पणी नगरौँ । यौनमात्रै भएको भए लाखौँले आज पनि पढिरहेका छन्, किन त ?
 
मोडलका सपना, महत्वाकांक्षा र आवश्यकतालाई केन्द्रमा राखेर समाजको सिंगै चिरफार गर्ने प्रयासको बचाउ तपाईंले महिलावादीले गर्ने जस्तो तर्कमा गर्नुभयो । यसलाई पोखरीमा ह्वेल खोज्ने काम पनि भनियो । पोखरीमा ह्वेल किन खोज्नुभयो ?
मोेडेलसँगको कुरै हैन । स्मिता भन्ने नारी मेरी छोरी पनि हुन सक्छे, बहिनी पनि हुन सक्छे । ६ वर्षको बच्चा, जो बाउबाट बलात्कृत भएको हुन सक्छ । मैले ‘खेलौना’ लेख्दै गर्दा गाउँमा आफ्नी सानी ६ वर्षकी छोरी बलात्कार गर्ने बाउ देखेँ । सहरमा मर्सिडिज कार चढेर बलात्कार गरेकी छोरीले ड्रग्स खाँदै गरेको देखेँ । मैले प्रहरीसँग अनुमति मागेर पीडितलाई भेटेँ । उनले आफू बाउबाट बलात्कृत भएपछि आमालाई भन्दा ‘समाजले थाहा पाउँछ, बेइज्जत हुन्छ’ भनेर बोल्न दिइनन् । ‘सम्पत्ति तेरो बाउको नाममा छ, भाइबहिनीको भविष्यसँग जोडिएको छ’ भन्दै उनले छोरीलाई चुप लाग्न आमाले दबाब दिन्छिन् । स्मिताको प्रेमका नाममा बलात्कार भएको छ । यी सबै कुरा उठाउने काम साहित्यकारको होइन ? तर, केही सीमित व्यक्तिहरूले आफ्नो कब्जामा सञ्चारमाध्यमलाई राखेर प्रचारबाजी गरिरहेका छन् । अमेरिकाको पुरुषको टाउकोमा पनि योनि नै हुन्छ नि ! तर, त्यहाँका महिला सचेत भइसकेका छन् । बाउले खराब नियतले छोयो भने उसले उसले ‘डन्ट टच मी’ भन्छे । त्यो अवस्था यहाँ पनि बनाउनुप¥यो नि ! परेन ? त्यो साहित्यकारको जिम्मेवारी हो । 
 
अनुसन्धानहरूले भनेका छन्, यौन कुण्ठालाई व्यवस्थित गर्ने सुन्दर तरिका भनेको यौनबारे लेखेर हो । तपाईंले लेखेका पछिल्ला दुई कृति साहित्य नभएर यौन कुण्ठाका उपज भनियो भने के भन्नुहुन्छ ?
यो आरोप जसले मलाई लगाउँछ, त्यो व्यक्ति स्वयं यौन कुण्ठाबाट ग्रसित छ, भयभित छ । नत्र भने ‘खेलौना’मा यौनको कथा होइन, महिला हुनुको पीडा छ । शिवलिंगको पूजा गर्नुपर्ने पुरुषप्रधान समाजले कसरी महिलालाई शोषण गरिरहको छ भन्ने देखाउन खोजेको हो । 
 
मोडलको कथा भनेँ भनेर सारा महिलाको कथा भनेँ त भन्नुभो भन्नुभो । तर, आफ्नो पकेटका पत्रकार र मिडियामार्फत् पनि त्यसको अरुचिकर विज्ञापन गराउनुभो भन्ने पनि सुुनियो । यो कुरा तपाईंको गीत गाउने सत्य साधकहरूले थाहा पाए भने के भन्लान् ?
तपाईंको प्रश्नै गलत भयो जस्तो लाग्यो । मेरो पुस्तकको विरोधमा मात्रै छापियो । समर्थन र सहयोगमा छापिएन । ‘कोसेली’मा त बाइकट नै गरियो । जसले पढेकै छैन, उसले यसो भन्यो । एक–दुई जना वरिष्ठ पत्रकारले नपढी टिप्पणी गरे । भेट हुँदा मेरो पुस्तक पढ्नुभयो भन्दा ‘छैन’ भन्नुभयो । उहाँहरूले के बुझेर टिप्पणी गर्नुभयो ? कसैसँग दाँज्नुपर्ने कुरै हैन । मैले लेख्नुभन्दा पहिला उनको अन्तर्वार्ता देशभरि पढिएको रहेछ । मेरो पुस्तक ‘द्रौपदी’ पढ्नेलाई थाहा होला, छोरालाई ‘चाँडो खाना खाऊ, स्कुल जाऊ’ भन्ने आमाले छोरीलाई ‘चाँडै तरुनी हो, विवाह गरिदिनुपर्छ’ भन्छन् । यो यथार्थ कथा हो । 
 
तपाईं आर्मी मान्छे । पृतनापति पनि हुनुभो । बन्दुककै अनुभवका कारण तपाईंले कलमको अमवूल्यन गर्नुभो भन्ने पनि आरोप लाग्यो, जुन बेला खगेन्द्र संग्रौलासँग तपाईंको ठाकठुक परिरहेको थियो । त्यसको खण्डन कहीँकतै सुनिएन । लौ भन्नुस् आज ।
हो, खण्डन नै भएन । खगे्रन्द्र संग्रौलाले किशोर नेपालमार्फत नागरिकमा दुई पेज गाली गरेर लेखे । त्यसको जवाफमा मैले सोमबार पठाएँ । त्यहीबेला किशोर नेपालले चतु¥याइँ गरेर नछापी खगेन्द्रलाई पठाइदिनुभएछ । अनि दुवैजनाको एकैदिन छापियो । मैले मेरो पुस्तकका बारेमा भन्दा पनि खगेन्द्रजीलाई लेखेँ । मेरो पुस्तकबारे जसले जसरी लेखे पनि हुन्छ, त्यो उसको अधिकार हो । यो पुस्तक ‘पोर्न’ हो भने किन गर्नुप¥यो हल्ला ? जगदीश शमशेरले लेखेको पनि छापिएन । पछि ‘अन्नपूर्ण पोस्ट’मा छापियो । उहाँले ‘यस्तो किताब कसैले लेख्न सक्दैन । यो उग्राई–उग्राई लेख्नुपर्ने पुस्तक हो । महिलाको यौन मनोविज्ञान यसरी कहीँ पनि लेखिएको छैन’ भन्नुभएको छ ।
 
तपाईंले साहित्य कि पेसा (आर्मी)मा सक्रिय नहुँदा लेख्नुभो, कि त निवृत्त भएपछि । भनेपछि तपाईंको नजरमा साहित्य अनुपात्दक हो । समय कटाउने मेलोको रूपमा लेखनलाई किन लिनुभो ? यस्तो प्रश्न गर्दा रिसाउनु त हुन्न नि ?
समय कटाउने हिसाबले लेखिएको साहित्यले कहिले पनि कसैलाई छुँदैन । ८ वर्षमा कविता लेख्न थालेको मैले १४ वर्षको उमेरमा कवितामा राष्ट्रिय पुरस्कार पाएको हुँ । १२ वर्षमा जागिर खाइँदैन । ०२७–२८ सालमा पुस्तक लेखेकै हुँ । निश्चय पनि बीचमा केही कम गरेको हुँ । त्यो समय मेलै गीत लेखेँ । त्यो सबैले देखेकै छन् । ६ विधामा मैले लेखिरहेको छु । यो सबै आ–आफ्नो गुट बनाएर अखबारबाजी गर्नेमात्रै हो । कुनै ‘शील’ वा ‘वाद’मा आबद्ध नभई पुस्तक निकाल्न पनि गाह्रो छ । मेरो ‘शकुनी’मा त्यही भएको छ । तर, निस्किन्छ । 
 
‘खेलौना’, ‘द्रौपदी’जस्ता यौनिक उपन्यास लेख्नुका पछाडि तपाईंको स्वार्थ के हो ? तपाईंले यसलाई महिलाको विद्रोह भनेर स्पष्टीकरण दिए पनि मजस्ता आमपाठकले यसलाई त्यो वैचारिक धरातलमा रहेर बुझेनन् । भनेपछि समस्या लेखकमा कि पाठकमा ?
यौनिक उपन्यास होइन । यौन शोषणविरुद्धका उपन्यास हुन् मेरा । हजारौं कपी बिक्री भयो, लाखौँले पढे । महिलाहरूले फोन गरेर ‘हाम्रो कथा हो यो । हाम्रो घरमै शोषण भइरहेको छ । हामी नुहाउँदा चिहाएर हेर्छन् । हामीलाई हाम्रा भित्री वस्त्र धोएर सुकाउन गाह्रो हुन्छ । छिमेकीले देखे पनि तेरी छोरी त नखरमाउली भइछे भन्छन् । भित्री लुगा सुकाउन घण्टौं खोलामा बस्नुपर्छ’ भनेर सुनाए मलाई ।
पछि त्यही युवती नर्स हुन्छे । घरबाट हस्पिटल र हस्पिटलबाट घर नपुग्दासम्म ऊ असुरक्षित नै हुन्छे । यो वास्तविक कथा हो । काल्पनिक कथा होइन ।
 
सुरु–सुरुको तपाईंको लेखन शब्द र भावसँग गाँसिन्थ्यो । समय क्रमसँगै तपाईंले त्यसलाई तोड्दै जानुभो । अहिले तपाईंले ‘आज चल्ने, भोलि हराउने’ गीत र किताब लेख्न थाल्नुभो । त्यसमा पनि यौनलाई केन्द्र भागमा राखेर लेख्नुहुन्छ । जति बूढो भयो, मन उति तरुनो भएको हो ?
सबैले हुन चाहेको यही त हो । रुने गीतमा मैले रुवाउन सक्नुपर्छ । हँसाउने गीतमा हँसाउन सक्नुपर्छ । नचाउने गीतमा नचाउन सक्नुपर्छ । मेरो ‘पोहोर साल खुसी फाट्दा’ गीत लेख्दा गीत परम्परा तोडियो भनेर राममान तृषितले ‘यो गीत नै भएन’ भने । त्यही गीत प्रधानमन्त्रीको मुखमा पनि झुन्डिएको छ । आज सबै मेरा गीत हिट छन् । ‘दर्शन नमस्ते’ सबैले मन पराएकै छन् । ‘क्या दामी भो’को लोकप्रियता सबैलाई थाहै छ । ‘क्या दामी भो’ कसैले लेख्न सक्छ ? लेखेर देखाओस् न मलाई । चुनौती दिन्छु म ।
‘गाला रातै’ डान्सिङ नम्बर हो । ३–४ वर्षदेख चलिरहेको छ, खै मरेको छैन त ! अरुले चुनौती मोल्न सकेनन् या चाहेर पनि लेख्न सकेनन् । 
 
तपाईंले गीत लेखनको परम्परालाई नै भत्काइदिनुभो भन्छन् नि ! कसरी भत्काउनुभो ?
म समयअनुसार हिँडेँ । लाखौँ जनताले मन पराए । अरुले पनि त्यो गर्न खोजे होला, तर सकेनन् । मैलै ३०–४० वर्षको अनुभव सँगालेको छु । ५ हजार गीत लेखेको छु । वर्षौंसम्म अंग्रेजी, हिन्दी गीत सुनेको छु । त्यसले मलाई सिद्धहस्त बनायो । भत्काएको होइन, समृद्ध बन्दै गएको हो ।
 
तपाईंले पटक–पटक भन्नुभएको छ कि पुरुषले महिलालाई यौनबाहेक अरु नजरले हेर्दैन । तपाईं पनि पुरुष हुनुहुन्छ, यो आफ्नै स्पष्टोक्ति हो ?
फ्रायडले भनेकै त्यही त हो । अमेरिकामा पनि त्यही हुन्छ । तर, त्यहाँ महिलाले आफ्नो सुरक्षा गर्न जानिसकेका छन् । हाम्रो देशमा काठमाडौं भनेर दिल्ली पु¥याउँदा महिलाहरू थाहै पाउँदैनन् । महिलाले चाहने भने विद्रोह गर्न सक्छे । अमेरिका, बेलायत जहाँका पुरुषलाई पनि महिलालाई हेर्न मन लाग्छ नि ! तर, त्यहाँ हेरिँदैन किनभने त्यहाँ संस्कार नै त्यही भइसक्यो । मेरो ‘खेलौना’ले पनि भनेको त्यही नै हो । महिलाको आवाज, अधिकारको पक्षमा हो ‘खेलौना’ । महिलाले पनि औँला ठड्याएर बोल्न सक्छन् हाम्रोमा ।
 
पुस्तक पुरस्कृत भएनन् भन्ने कुण्ठाका कारण मेरा पुस्तकको विरोध गर्छन् भन्नुहुन्छ रे नि !
कहाँ मैले भनेको छु मलाई पुरस्कार चाहियो भनेर ? पुरस्कार दिने ठाउँमा, मूल्यांकन गर्ने ठाउँमा, बोर्डमै प्रा.डा.हरू मेरो उछितो काढिरहेका छन् भने मेरा पुस्तकबाट म पुरस्कारको अपेक्षा नै गर्दिनँ नि ! म लेख्ने सर्जक हुँ, म लेख्छु । पाठकले त्यसको मूल्यांकन गरिरहेका छन्, त्यसमै म सन्तुष्ट छु । पुरस्कार पाउन त झुर लेख्नुपर्छ, पाइहालिन्छ । ‘शकुनी’को पाण्डुलिपि केहीले पढ्नुभएको छ । उहाँहरूले साह्रै उग्र भन्नुभएको छ, कहाँ पचाउनू, पचाउँदैनन् ।
 
‘शकुनी’ आएपछि त पुत्ला नै जल्ला त्यसो भए !
सम्भावना छ । व्यासले भनेकै तर पण्डितहरूले हामीलाई नभनेको कुरा मैले बाहिर ल्याइदिएको छु । मेरो आफ्नो केही छैन । सबै समाजको, अरुकै लेख्ने त हो, लेख्न छोड्दिनँ ।
 
तपाईंका पुस्तक रत्नपार्कमा बिक्री हुने धारावाहिक उपन्यासभन्दा फरक छैनन् भन्ने टिप्पणी गर्नेलाई जवाफ के छ ?
उसले त्यही सोच्यो, उसको बुद्धिले त्यतिमात्रै थाहा पायो भने मैले के गरौँ ? पुस्तक पढेर गरेको भए म ओके भनिदिने थिएँ, नपढी बोल्नेलाई के भनौँ ? हरि अधिकारीले नराम्रो भनेर लेखे । ‘थिम’ के हो मेरो पुस्तकको भन्दा थाहा छैन रे ! यसरी टिप्पणी गर्नेहरूलाई के भनौँ म ? मूल पात्र को हो ? भनेर सोधेँ, स्मिता रे ! होइन नि, इन्द्र हो मूल पात्र । 
 
प्रस्तुतीः नरेश फुयाँल
तस्बिरः रोजित खड्का
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २२, २०७३  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC