site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

आवागमनको व्यवस्थापन र परीक्षण व्यापक बनाउने प्रयास नगरी बन्दाबन्दी (लकडाउन) को अवधिमात्र बढाउँदा कोरोनाबाट अकल्पनीय मानवीय र आर्थिक क्षति हुनसक्छ । सरकार भने बन्दाबन्दी लम्याउनेमात्रै ध्याउन्नमा लागेको देखिएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले साता दिन बन्दाबन्दीको समयावधि थप गर्ने सिफारिस सरकारलाई गरेको छ । चीनमा सन् २०१९ को डिसेम्बरमो कोरोनाभाइरसको संक्रमण सुरु भए पनि नेपालले पटक्कै पूर्व तयारी गरेन । विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’ घोषणा गरेर नेपाललाई ‘अति उच्च जोखिम’को वर्गमा राखेपछि मात्र सरकार झस्क्यो । त्यसपछि गत वर्ष २०७६ सालको चैत ११ गतेबाट लागू गरिएको लकडाउनको अवधि बढाउँदै २०७७ साल वैशाख १५ सम्म पु¥याई सकिएको छ । यस अवधिमा मूलतः सत्तारुढ दलभित्रको आन्तरिक शक्ति संघर्षमा समय खेर फालेको सरकारले कोभिड – १९ को नियन्त्रणका लागि बन्दाबन्दी थप गर्नेबाहेक अरू उल्लेख्य केही गरेको छैन ।

सहरका धनाढ्य बस्तीबाहिर पनि नेपाल छ र दिनहुँ काममा गरेर पाएको ज्यालाले छाक टार्नेहरू पनि नेपाली छन् भन्ने स्वीकार गर्ने हो भने यतिन्जेलको अव्यवस्थित बन्दाबन्दीले फाइदाभन्दा नोक्सानै धेरै भएको छ । यसबीचमा न देशभित्र अव्यवस्थित आवागमन रोकिएको छ न सरकारले भरपर्दो परीक्षण नै व्यापक बनाउन सकेको छ । अहिले सरकारले भर परेको ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’ विधिको परीक्षणको नतिजा भरपर्दो नभएको पुष्टि नेपालभित्रै पनि भइसकेको छ । भारतलगायत कतिपय मुलुकमा यस्तो परीक्षणमा रोकै लगाइएको छ । यस्तै, सहायता वितरण प्रभावकारी हुन नसकेको र सबैभन्दा कमजोर समूहसम्म पुग्न नसकेको र वितरणमा भ्रष्टाचार भएपछि कारबाही गरिएका समाचार आएका छन् । भोकभोकै दसौं दिन पैदल हिँड्ने वा ट्रकमा कोचिएर गन्तव्यमा पुग्नेहरू देखेपछि सरकारी बन्दाबन्दी ढोंगमात्र भएको पुष्टि हुन्छ । क्वारेन्टिनका लागि बनाइएका ठाउँहरूबाट औलो सरेको समाचारले सरकारी अव्यवस्थाको पोल खोलेको छ ।  

अर्कातिर कोरोना संक्रमण सुरु भए यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले पनि गम्भीरता देखाएनन् । कहिले चीनलाई घेर्न अमेरिकाले छाडेको भाइरस भन्दै बसे त कहिले नेपाललाई कोरोना मुक्त क्षेत्र घोषणा गर्नमा व्यस्त रहे । विपक्षी राजनीतिक दलहरूले जति पनि कोरोना नियन्त्रणका लागि सरकारलाई सत्तारुढ दलका नेताहरूले साथ, सुझाव र सहयोग दिएको देखिएन । यसैले निषेध नै रामवाण उपाय हो भन्ने ठान्ने कारिन्दाहरूको सल्लाहअनुसार विनायोजना बन्दाबन्दी थप्ने निर्णय प्रत्युत्पादक हुनसक्छ । विनायोजना बन्दाबन्दी बढाउँदा सरकारविरुद्ध जुलुस त ननिस्केला तर जनजीवन भने थप आक्रान्त हुने निश्चित छ । पार्टीभित्रको चलखेल पनि बन्दाबन्दीले रोक्ने रहेनछ । यसैले बन्दाबन्दीको समय थप गर्ने हो भने त्यसलाई खुकुलो बनाउँदै जनजीवन सहज बनाउने योजना पहिले तयार गरेर सार्वजनिक गर्नुपर्छ । बन्दको आदेशमात्र दिनु श्रमजीवी जनतालाई अँचेटेर भित्तैमा पुर्‍याउने काम हो । यसैले प्रत्युत्पादक हुनसक्छ । काठमाडौंका धनाढ्य बस्तीमात्र नेपाल हो र इन्टरनेटबाट सामान किनेर खानेहरूमात्र नेपाली हुन् भन्ने हो भने बन्दाबन्दी एकदमै सफल भएको छ र अरू तीन महिना लम्याए पनि फरक परोइन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC