site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मृत्यु संस्कार पनि भर्चुअल, छिमेकी राज्यमा दाह संस्कार
Sarbottam CementSarbottam Cement

बष्टन (अमेरिका) । संक्रामक कोरोनाभाइरस (कोभिड–१९)को महामारीका कारण अमेरिकामा नेपालीको अन्त्येष्टी र मृत्यु संस्कार पनि अनलाइन र भर्चुअल माध्यम प्रयोग गर्दै टाढैबाट हुन थालेका छन् ।  न्यूयोर्कमा हालै मृत्यु भएका हिन्दु र बौद्ध धर्माबलम्बी नेपालीहरुको मृत्यु संस्कार पुरोहित र बौद्ध लामाबाट भएका हुन् । 

“शव जलाउनका लागि स्वीच थिच्ने बेलामा फेसटाइम वा स्काइपबाट मन्त्र पढ्न थालेका छौं,” पुरोहित उद्धव शास्त्रीले भने, “अहिलेको यो असामान्य अवस्थामा स्वास्थका नियमलाई पालना गर्नुको विकल्प छैन ।”  फ्युनरल होमहरुले मानिसका धर्मअनुसारका संस्कार गर्न सजिलो बनाउन र आफन्त तथा प्रियजनलाई श्रद्धाञ्जलीमा सहभागी गराउन भिडियो स्ट्रिमिङ, भिडियो कन्फ्रेन्सिङ आदिको पनि व्यवस्था गर्ने गरेको छ । 

किरिया गर्न बसेको बेलामा पनि अनलाइनबाट नै आफ्ना ‘यजमान’लाई निर्देशनहरु फेसटाइमबाट दिइरहेको शास्त्रीले बताए ।  “पण्डित वा पुरोहितको काम भनेको मन्त्र पढ्नु हो जुन हामीले अनलाइनबाट गर्छौँ,” शास्त्रीले भने, “निर्देशनअनुसारको गतिविधि त कर्ताले नै गर्ने हो ।”
कोभिड—१९ को संक्रमण आइसकेपछि शास्त्रीले तीनजना हिन्दु नेपालीहरुको किरियाकाज गर्न सहयोग गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा काभ्रे घर भएका शास्त्री विगत ७ वर्षदेखि न्यूयोर्कको क्विन्समा बसेर नेपाली समुदायलाई धर्मकर्मको काममा सहयोग गर्दै आएका छन् ।  कोभिड–१९को अनिवार्य सामाजिक दुरीको नियम लागु भएको समयमा मृत्यु संस्कार मात्र होइन न्वारान पनि अनलाइनबाटै गरिदिने गरेको शास्त्रीले बताए ।

नेपाली बौद्धधर्माबलम्बीहरुले पनि अनलाइन वा फेसटाइमकै सहारामा अन्तिम संस्कारको क्रियाकलाप गर्ने गरेका छन् ।  युनाइटेड शेर्पा एसोसियसनका अध्यक्ष उर्गेन शेर्पाका अनुसार लामा गुरुहरुले साइत हेरेर अन्त्येष्टिको मिति तय गर्दछन् ।  यस कार्यको लागि उनीहरुको समुदायले विभिन्न स्थानमा उपलब्ध चारजना लामा गुरुहरुलाई टाढैबाट मृत्युसंस्कारमा सघाउ पुर्‍याउन तयार राखेको शेर्पाले बताए । 

Global Ime bank

“ध्यान गरेका अनुभवी लामाहरुले टाढैबाट फेसटाइम वा स्काइप प्रयोग गरेर मन्त्र पढ्छन्,” शेर्पाले थपे, “त्यसपछि मात्र अन्त्येष्टि हुन्छ ।” कोभिड संक्रमणको डरका कारण आफन्त तथा नजिकका मानिस भेन्टिलेटरमा छटपटाइरहँदा हात समातेर आत्मीयता प्रकट गर्न पनि बर्जित छ । 

अत्यावश्यकीय स्वास्थकर्मी र कोभिड लागेका बाहेकका मानिसलाई अस्पतालमा नजानको लागि राज्य सरकारले निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमण रोक्नका लागि अमेरिकी सरकार र सम्बन्धित राज्यहरुले धेरै मानिस भेला हुन नपाइने र बाहिर जानैपर्ने अवस्था आए सामाजिक दुरी पालना गर्नुैपर्ने गाइडलाइन्सहरु ल्याएका छन् । फ्यूनरल होममा धेरै मानिस भेला हुन पाउँदैनन् । 

कोभिड–१९ लागेर न्यूयोर्कमा मृत्यु भएका अनिल लिम्बुको दाह संस्कारमा उनका परिवारका सदस्य संक्रमणको भयले गएका थिएनन् । 

लिम्बुको शवको दाहसंस्कारको सहजतामा मेरिल्यान्डस्थित विधानसभा सदस्य एचबी ह्यारी भण्डारीले शव छिटो छुटाउन र कम शुल्कमा दाह संस्कार गराउन सहयोग गरेका थिए । विधानसभा सदस्य भण्डारीले आफ्नो अफिसियल फेसबुक पेजमा न्यूयोर्कमा अहिलेसम्म १० जना नेपालीले ज्यान गुमाएको र यस अवधीमा कसैको पनि शव अलपत्र नपरेको जनाएका छन् । कोरोनाभाइरसभन्दा बाहेक अन्य कारणले मृत्यु हुनेहरुको श्रद्धाञ्जली सभामा पनि उपस्थिति न्यून देखिएको छ ।     

छिमेकी राज्यमा दाह संस्कार

न्यूयोर्क राज्यमा कोरोना भाइरस लागेर मृत्युहुनेहरुको संख्या धेरै भएका कारण यहाँका फ्यूनरल होमहरुमा पालो आउन महिना दिनभन्दा बढी कुनुपर्ने भएपछि विकल्पको रुपमा छिमेकी राज्य रोज्न थालेका छन् ।  न्यूयोर्क सहरमा मृत्यु भएका आफन्त वा नजिकका मानिसको अन्तेष्टि गर्न छिमेकी राज्यहरु न्यूजर्सी र कनेक्टिकटमा लग्ने गरिएको शेर्पाले बताए । 

शेर्पाका अनुसार गत साता कोरोना भाइरसका कारण मृत्यु भएका ६९ वर्षीय महेश अमात्यको शवलाई न्यू जर्सीको एक फ्यूनरल होममा लगेर अन्येष्टि गरिने भएको छ ।  मृतक अमात्यका पारिवारिक मित्र तथा स्थानीय समाजसेवी मिलनकुमार शाहीका अनुसार न्यूयोर्क मै अन्त्येष्टि गर्दा एक महिना भन्दा बढी समय लागेकोले चाँडै दाहसंस्कार गर्न छिमेकी राज्यमा लगिने भएको हो । 

शाहीका अनुसार कोभिड १९ ले गर्दा अमात्यको मृत्यु भएकोले उनको श्रद्धाञ्जलीमा कोही पनि जान पाउँदैनन् ।  “कोही जान नमिल्ने भएपछि मिन्नीसोटा राज्यमा रहनुभएको उहाँका छोरा आउनुहुनेछैन,” शाहीले भने, “छोराले दाहसंस्कारको सहमति पत्रमा हस्ताक्षर गरेर पठाएका छन् ।” 
आर्थिक अवस्था कमजोर हुनेहरुलाई न्यूयोर्क सिटीले अन्त्येष्टी गर्न ९ सय डलर दिने न्यूयोर्कको ह्यूम्यान रिसोर्स एडमिनिस्ट्रेशनले जनाएको छ । 

उक्त निकायको वेबसाइटमा भएको जानकारीअनुसार अन्त्येष्टिको खर्च १७ सय डलर भन्दा बढी हुनुहुँदैन ।  “त्यो भन्दा बढी खर्च भयो भने सिटीले हुनेखाने व्यक्ति भन्ठान्छ र त्यो रकम प्राप्त गर्न सकिँदैन,” अध्यक्ष शेर्पाले भने ।  न्यूयोर्कका फ्यूनरल होमहरुको शूल्क पनि महँगो छ । 

दाह संस्कार सम्बन्धी गाइडलाइन्स 

न्यूयोर्क राज्यले कोभिड–१९ महामारीको बेला अन्त्येष्टि तथा दफन गाइडलाइन्स जारी गरेको छ ।  कोभिड–१९ लागेका व्यक्तिहरु अरुलाई रोग सार्ने खतरा भएको हुँदा आफ्ना प्रियजनको श्रद्धाञ्जलीमा जान नहुने गाइडलाइन्समा उल्लेख छ ।  जसअनुसार अन्त्येष्टि गर्न जाँदा साख्खै परिवारको व्यक्ति वा एकदम नजिकको मानिसमात्र जान पाउने उल्लेख छ । 

फ्यूनरल होममा मृतकको शवलाई लिएर गइसकेपछि कम्तिमा छ फिटको दूरी कायम राख्नुपर्ने, संक्रमणबाट मृत्यु भएको व्यक्तिको शव नजिक जान नपाइने, सहभागीलाई छुन वा हात समात्न नपाइने उल्लेख छ ।  उक्त गाइडलाइन्स अनुसार धेरैजसो फ्यूनरल होमहरुले सहभागी हुन असमर्थ भएकाहरुलाई लाइभ स्ट्रिमिङ, भिडियो कन्फेरेन्स र दूर सम्पर्कका विकल्पहरु राखिरहेको गाइडलाइन्समा उल्लेख छ । 

सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC