site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दावा लामाको टोलिले दिनहुँ सयौं बटुवालाई खाना र पशुपक्षी आहारा खुँवाउँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कराँते महासंघका अध्यक्ष दावा लामाको नेतृत्वको टोलिले दिनहुँ बाटोमा भोको पेट बसेका बटुवा र पशुपक्षीलाई खाना खुवाउन थालेको छ ।
 
उनिहरुले घर फर्किन बाटोमा निस्किएका सयौं बटुवा र काठमाडौंमा रहेको सयौं पशु पक्षीलाई खाना खुवाउन थालेका हुन् । पछिल्लो १५ दिनदेखी उनीको टोलिले कलंकी, कालिमाटी, स्वयम्भू, वसन्तपुर टुडिखेल तथा विभिन्न मठमन्दिरमा पुगेर खाना खुवाउने कार्य गरिरहेका छन् ।

घर फर्किन कलंकी चोकमा विहानै आएर बसेका करीब चार सयदेखी पाँच सयसम्मका बटुवालाई दावासहितको टिमले साझ बिहान खाना खुवाउँदै आएको हो । पछिल्लो समय विभिन्न नगरपालिका र गाँउ पालिकाहरुले समन्वयले गरी घर फर्किन चाहने आफ्ना नागरीकहरुलाई घर फर्काउने कार्य सुरु गरेपछि हजारौको संख्यामा मानिसहरु साझ विहान सडकमा चोक चोक आउने गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउनका कारण भोका मानवलाई मात्र नभई पशुपक्षिलाई समेत पानी र चारोको व्यवस्था गर्दै आएका छन् । उनले स्वयम्भु, पशुपतीनाथ, वसन्तपुर दरबार स्क्वायरलगायतका क्षेत्रमा पुगेर बाँदर, परेवालाई आहारा दिँदै आएका छन् । साथै उनिहरुले बाटोमा रहेका सयौं कुकुरलाई समेत मासु चिउरा खुवाउने कार्य गर्दै आएका छन् । 

दावाले भैरवनाथ आश्रम र कलंकी क्षेत्रका क्लबहरुसँग सहकार्य गर्दै बटुवालाई खाना खुवाउने कार्य गरिरहको बाह्रखरीलाई जानकारी दिए । उनले स्थानिय क्लब, काठमाडौं महानगरपालिका, दक्षिणकाली नगरपालीका र नगरपालिका भित्रका वडाहरुले समेत साथ सहयोग गरेको बताए । साथै यो मानवीय कार्यमा गोरखनाथ आश्रमका साधु सन्तहरु पनि सहकार्यमा जुटेको राखेप पूर्व उपाध्यक्ष शैलेस कर्मचार्यले बताए । उनीहरुले कोरोना भाइरस संक्रमणको महामारी नघटेसम्म र बाटोका बटुवाको संख्या नघटेसम्म यो कार्यलाई निरन्तरता दिने बताएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC